नयाँ वर्षमा नयाँ घर पाउँदा काउलेका दलित समुदायमा खुशी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १६:१०:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/ghar-4_SEjosi1nEc.jpg)
१ वैशाख,गलकोट । विसं २०७२ को नयाँ वर्षदेखि राम्रोसँग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका धनमया दर्जी विसं २०७८ को नयाँ वर्षमा नयाँ घरमा प्रवेश गर्दै छिन् । दर्जीसँगै १० विस्थापित परिवारले नयाँ वर्षदेखि नयाँ घरमा ढुक्कले सुत्न पाउनेछन् ।
भूकम्पले चर्काएको घरमा जेनतेन बस्दै आएका काउलेका १० घर परिवार विसं २०७५ असारदेखि पूर्णरूपमा विस्थापित भएका थिए । “भूकम्पले घरहरु चर्काएको थियो, नयाँ वर्षकै महिनामा घरमा बस्ने अवस्था थिएन, जेनतेन मर्मतसम्भार गरी बस्दै आएका थियौँ”, अर्का पीडित भविलाल दर्जीले भने, “कहिलेकाहीँ त अब नयाँ घर पाउने आशा समेत मार्दै आएका थियौं, अहिले नयाँ घर ठडियो, नयाँ वर्षमा घर छाडेका हामीले नयाँ वर्षको आगमनसँगै सर्न पाउनेछौँ ।” भूकम्प र पहिरोका कारण विस्थापित बनेका बिहुँ काउलेका १० दलित समुदायले नयाँ वर्षमा नयाँ घर पाउने भएका छन् ।
भूकम्प गएको छ वर्षपछि बिहुँ काउँलेका दलित बस्तीका लागि एकीकृत नमूना बस्ती निर्माण अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्प गएको पाँच वर्षपछि गत पुसदेखि एकीकृत बस्ती निर्माण शुरु गरेको थियो । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारको त्यसपछि आएको पहिरोका कारण बस्ती नै विस्थापित हुनुपरेको थियो । भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा विसं २०७५ असार १२ गतेको भीषण वर्षाले जमिन भासिएपछि स्थानीय १० घरधुरीका बासिन्दा विस्थापित भएका थिए ।
बिुहँकै सापकोटा चोकमा एकीकृत बस्ती ठडिएको छ भने पूर्वाधार निर्माणको काम शुरु हुन थालेको छ । अहिले घरहरुको निर्माण सम्पन्न हुने चरणमा छ । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङका प्रमुख रेणुका पाण्डेयले जानकारी दिईन । उनका अनुसार ढिलै भए पनि काउँलेका स्थानीयवासीले नयाँ वर्षलगत्तै घर पाउने गरी निर्माणले अन्तिम रूप लिएको बताए ।
यद्यपि एकीकृत बस्तीमा पूर्वाधार निर्माण नभएसम्म हस्तान्तरणको काम भने नहुने पाण्डेयको भनाइ छ । विसं २०७५ वैशाखमा भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गर्नका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपुर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार रु दुई लाख रकम दिइएको थियो ।
जग्गा खरिदमा प्रतिपरिवार रु दुई लाख, एकीकृत बस्ती निर्माण गर्न प्रतिपरिवार रु तीन लाख र पूर्वाधार निर्माणका लागि प्रतिपरिवार रु चार लाख गरी एकीकृत बस्ती निर्माण सम्पन्न गर्नका लागि प्राधिकरणले जम्मा रु ९० लाख खर्च गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख पाण्डेयले जानकारी दिए । उनले पछिल्लो समय बागलुङमा पुनःनिर्माण प्राधिकरणले गति लिएको बताए ।
भूकम्पपीडितको घर अन्तिम चरणमा पुगेर अब पूर्वाधारको काम शुरु गर्न थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का इञ्जिनीयर विक्रम सापकोटा बताउछन् । “अहिले ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति यो बस्तीको भएको छ, बस्तीमा पूर्वाधारको काम बल्ल शुरु हुँदैछ तर छिट्टै घर निर्माण भएर आफ्नै घरमा बस्न पाउने छन्”, सापकोटाले भने, “वैशाख महिनभर घर निर्माण सक्ने लक्ष्य छ, हस्तान्तरणको काम भने सबै पूर्वाधार निर्माणपछि मात्रै हुन्छ ।”
विस्थापित परिवारलाई लालपुर्जा वितरण गरेको एक वर्षपछि घर निर्माण थालिएको थियो । घर निर्माण थालेको पाँच महिनापछि निर्माणले अन्तिम रूप लिन थालेपछि विस्थापित परिवारमा खुशीयाली छाउन थालेको छ । घर सम्पन्न भइसकेपछि सम्बन्धित परिवारको नाममा लालपुर्जा कित्ताकाट गरिनेछ । एकीकृत बस्तीमा घरसँगै सडक, विद्युत्, खानेपानी, सार्वजनिक शौचालय, सार्वजनिक भवनलगायतका पूर्वाधारसमेत निर्माण गरिनेछ । बस्ती निर्माणस्थलमा सडक नपुगेका कारण निर्माण सामग्री बोक्न समस्या भएका कारण निर्माणमा समेत ढिलाइ भएको थियो । भूकम्पमा चिरा परेको स्थान छाडेर अन्यत्रै स्थानीयवासीको घरमा आश्रय लिएर बसेका १० दलित परिवारले नयाँ वर्षमा नयाँ घर पाउने भएका हुन् ।
बस्ती तल र माथिबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण भएको र भूकम्पले जमिन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूर्गभ विभागको ठहरपश्चात अन्यत्रै एकीकृत बस्ती निर्माण गर्ने सुझावअनुसार प्राधिकरणले बस्ती निर्माण थालेपछि ढिलोगरी बस्ती निर्माण शुरु भएको थियो । अहिले पूर्वाधार निर्माणका लागि समेत सम्झौता भएको र अब काम शुरु हुने प्राधिकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
दोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार