यस वर्ष चिराइतोको मूल्यमा वृद्धि, किसान उत्साहित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १६:२७:८
![](https://nepalbahas.prixacdn.net/media/albums/chirayito_Ej5WpxWf2R.gif)
१ वैशाख,ताप्लेजुङ । विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । गएको वर्षमा चिराइतोको मूल्य न्यून हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् ।
अहिले ताप्लेजुङमा प्रतिमन रु १५ हजारका दरले चिराइतोको कारोबार भइरहेको छ । “गत वर्ष ताप्लेजुङमा चिराइतोको अधिकतम मूल्य रु १० हजार थियो, अहिले रु १५ हजारले कारोबार गरिरहेका छौँ”, व्यवसायी रुद्र अधिकारीले भने ।
हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायतका जडीबुटीलाई समेत प्रमुख आमदानीको स्रोतका रूपमा लिने गरिएको छ । अलैँची खेतीमा संलग्न नभएका किसानले चिराईतो खेती गर्दै आएका छन् तर यस अघिका वर्षमा राम्रो मूल्य नहुँदा चिराइतो खेती गर्दै आएका र जङ्गलमा सङ्कलन गरेका किसान निरास थिए । न्युन बजार मूल्यका कारण लागत मूल्य नै नउठ्ने भए पछि कतिपयले त्यतिकै थन्क्याएर राखेका थिए ।
“अघिल्ला वर्षहरुमा लागत नै नउठ्ने मूल्य थियो, जङ्गल फाँडेर लगाएको चिराइतो खेती प्रति उत्साह थिएन तर यो वर्ष केही सुधार हुनाले सबैलाई सामान्यरूपमा फाइदा पुगेको छ”, चिराइतो खेती गर्दै आएका सिरिजङ्घा गाउँपालिकाका किसान खड्क गुरुङले भने ।
जिल्लाको सिरिजङ्घा, सिदिङ्वा, फक्ताङलुङलगायतका गाउँपालिकाका किसानले चिराइतो खेती गर्दै आएका छन् । कतिपयले जङ्गलमा गएर सङ्कलन गरी बिक्री वितरण गर्दै आएकाछन् ।
ओलाङ्चुङगोला हुँदै चीनको तिब्बत र भारतीय बजारमा चिराइतो निकासी हुने गरेको छ तर यो वर्ष कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमणका कारण चीनतर्फका नाका बन्द भएकाले त्यसतर्फ भने निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय बजारमा भने झापाको विर्तामोड हुँदै निकासी भइरहेको व्यवसायीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार