पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजनाको काम तीव्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १६:३३:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/mahakali-sichai-aayojana_EbpezsbJoW.jpg)
१ वैशाख,कास्की । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ ९क० निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजनाको निर्माणकार्यले तीव्रता पाएको छ । सो क्षेत्रका प्रदेशसभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको सामूहिक प्रयासका कारण निर्माणकार्यले तीव्रता पाएको हो ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा र प्रदेशसभा सदस्य कृष्णबहादुर थापाबाट संयुक्तरूपमा सञ्चालित रु दुई करोडका विभिन्न २४ वटा योजनामध्ये ५० प्रतिशतको निर्माण सम्पन्न भइसकेको छ भने अन्य योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका ७, १५, १७, २१ र ३३ गरी कूल पाँचवटा वडा रहेको उक्त निर्वाचन क्षेत्रअन्तर्गत सबैभन्दा बढी सडक निर्माणमा रु ८७ लाख, सिँचाइतर्पm रु २५ लाख, भवन निर्माणमा रु ३० लाख, उद्यान निर्माणमा रु १८ लाख र बाँकी विभिन्न विद्यालय एवं सामुदायिक भवनमा शौचालय निर्माण, सुरक्षाका लागि तारजालीलगायतका योजना छनोट गरी रकम विनियोजन गरिएको थियो ।
उपसभामुख शर्मा, प्रदेशसभा सदस्य थापा, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको एक टोलीले उक्त निर्माणकार्यको स्थलगत निरीक्षण गरेको गरेको थियो । टोलीले पोखरा–७ स्थित सुन्दरमार्ग बाटो ढलान तथा ढल निर्माण, घारीपाटन बाटो निर्माण, गहते उद्यान तारबार, श्रीकृष्ण माविमा भौतिक निर्माण, पोखरा–१५ एसओएस बालग्राम बहुउद्देश्यीय भवन निर्माण, शिव मन्दिरबाठ होटल फूलबारी जाने बाटोको निरीक्षण गरेको हो ।
त्यसैगरी वडा नं १७ स्थित फेवाताल किनारास्थित ड्यामसाइड उद्यान फेवाताल छेउ तारबारसहित फुटट्र्याक, ढुङ्गेसाँघु सीतापाइला आमा समूह भवन, पोखरा–२१ र ३३ का प्राथमिक स्वास्थ्यचौकी कृष्ति, सङ्गमचोक महबारी ढलान बाटो, जिब्रेढुङ्गा र मालागिरि सामुदायिक भवनलगायत १३ वटा योजनाको स्थलगत निरीक्षण गरी विकास निर्माणका बारेमा जानकारी लिएको हो ।
निरीक्षणपश्चात उपसभामुख शर्माले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको सानो रकमले विकास निर्माणमा स्थानीय बासिन्दालाई उत्साहित तुल्याएको धारणा राखे । । टोल, छिमेकका आवश्यकता पहिचान गरी छनोट गरिएका योजना बढी उपयोगी एवं प्रभावकारी हुने उनको विश्वास छ । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले कार्यक्रमको रु दुई करोडले स्थानीय सहभागितामा रु पाँच करोडभन्दा बढीको विकास निर्माण भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
दोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार