डा. शेखरद्वारा सम्पुर्ण नेपालीमा नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १९:१९:२७
१ बैशाख, काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नयाँ बर्षले कोरोना महामारीलाई परास्त गर्दै देशमा बिद्ध्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न सकोस भन्ने कामना गरेका छन् । नयाँ बर्षको पुर्वसन्ध्यामा देशबिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आफ्नो फेसवुक पेजमार्फत एक शुभकामना शन्देस लेख्दै डा. कोइरालाले नयाँ बर्ष फलदायी र अग्रगामी बन्नसकोस भन्ने अपेक्षा समेत राखेका छन्।
नेपालको राजनीतिमा २०७७ साल अत्यन्तै कष्टकर र अत्यन्तै निराशामा बितेको थियो । नेपाली जनताको भावना र चाहनामा ठेस लाग्ने काममात्र नभई सिङ्गो ब्यवस्था माथिनै कुदृष्टि परेर नेपालका लोकतन्त्रवादी दलहरुले लामो समयसम्म सडक आन्दोलन समेत गर्नुपरेको तितो यथार्थतातर्फ लक्षित गर्दै डा.कोइरालाले आगामी नयाँ बर्ष २०७८ सालले देशमा विकसित राजनीतिक अस्थिरताले समेत निकास पाओस भनेर आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
२०७७ सालमा नेपाली जनतालाई अत्यन्तै पीडा र महामारी बोकेर आएको कोभिड १९ (कोरोना) ले नेपालमा पुर्याएको अत्यन्तै ठुलो जनधनको क्षति प्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै डा. कोइरालाले आगामी नयाँ बर्ष २०७८ ले सिङ्गो मुलुक र सम्पुर्ण नेपालीमा सुख, शान्ति, प्रगति र हर्ष ल्याओस भनेर कामनासमेत गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका भावि सभापतिका दावेदार डा. शेखरले देश भित्र देखिएको राजनीतिक अस्थिरता हटनु र नेपाली जनताले सुख शान्ति र अमनचयन प्राप्त हुनु अनि देशमा महामारीका रुपमा पुनः फण्डा फुलाउन खोजिरहेको कोरोना महामारी पनि नयाँ बर्षसँगै सदाका लागि निर्मुल भएर जाओस भन्ने चाहना र कामनासमेत आफ्नो शुभकामना मन्तव्यमा उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार