झापामा ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार २०:९:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/chiya_kDUIff9KyY.jpg)
१ वैशाख,झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ग्रीन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना गरेर उत्पादन शुरु गरेको छ । जिल्लामा पहिलोपटक सहकारीले मेचीनगर नगरपालिका–५ स्थित सुरेन्द्र नगरमा हरियो पत्ती प्रशोधन गरेर ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु गरेको हो ।
सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले ग्रीन टी र अर्थोडक्स चियाको व्यवसाय सञ्चालनलाई प्राथमिकता दिएको थियो । तत्कालीन सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले रु एक करोड १६ लाखको लागतमा ग्रीन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना निर्माण शुरु गरेको थियो भने उक्त चिया प्रशोधन कारखाना निर्माणको लागि नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागबाट रु ६९ लाख ९० हजार अनुदान प्राप्त भएको थियो ।
दुई सहकारी संस्थाबीच एकता भएसँगै सहकारीले थप रु एक करोड रकम विनियोजन गरी निर्माणको काम सम्पन्न गरेर प्रशोधनको काम शुरु गरेको हो । संस्थाले बैंकिङ व्यवसाय, डेरी व्यवसाय, एकीकृत नमूना कृषि फर्म, सहकारी पसल व्यवसाय यसअघि नै शुरु गरिसकेको छ भने पाँचौँ व्यवसायको रूपमा चिया व्यवसाय शुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।
अध्यक्ष उप्रेतीले हाल अर्थोडक्स र ग्रीन टी उत्पादन गर्ने र पछि क्रमशः सिटिसी चिया उत्पादन र बजारीकरणको सम्भाव्यता अध्ययन गर्ने योजना रहेको बताए । चालू आर्थिक वर्षबाट हरियो पत्ती प्रशोधन गरी चिया आफ्नै प्याकेजिङमा सहकारीले बजारमा पठाउने तयारी गरेको उनले बताए ।
सहकारीले चिया उद्योग सञ्चालन गरेपछि स्थानीय चिया कृषक तथा सदस्य उचित मूल्य पाइनेमा आशावादी बनेका छन् । सहकारीले हरेक व्यवसायलाई व्यवस्थित सञ्चालन गर्न लगानी सीमासमेत निर्धारण गरेको छ । सहकारीले बैंकिङ व्यवसायतर्फ रु ६९ करोड, डेरी व्यवसायतर्फ २० करोड, एकीकृत नमूना कृषि फर्मतर्फ रु २५ करोड, सहकारी पसल व्यवसायमा रु २५ करोड र चिया प्रशोधन व्यवसायमा रु पाँच करोड लगानी सीमा निर्धारण गरेको अध्यक्ष उप्रेतीको भनाइ छ ।
विसं २०५० मा २६ जना शेयर सदस्यको कूल दुई लाख ५३ हजार शेयर पूँजीबाट शुरु भएको सहकारी संस्थामा हाल रु एक लाख शेयर सदस्य छन् । रु एक अर्ब छ करोड शेयर रकम पुगेको छ । सहकारीले हालसम्म रु नौ अर्ब कर्जा लगानी गरेको छ भने रु ८५ अर्ब निक्षेप रहेको बैंकिङ व्यवसायका प्रशासनिक प्रमुख मनिष कोइरालाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा गुरागाईं
असार २३, २०८१ आइतबार
जिपी फाउण्डेशनद्वारा बाल आश्रमलाई नगद सहयोग
असार २१, २०८१ शुक्रबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार