राजनीतिक स्थायित्वका निम्ति गम्भीर बनौं : प्रदेश प्रमुख शेरचन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार २१:२१:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/sarchan-pradas-pramukh_s5LFzHVE4H.jpg)
१ वैशाख,पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक स्थायित्व नै देशको आवश्यकता भएको बताए ।
ठूलो सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबैले दृढ सङ्कल्प गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् । प्रदेश प्रमुख शेरचनले विश्वव्यापी कोरोना महामारीपछि सामान्य जीवनमा फर्किएर आफ्ना नियमित क्रियाकलाप अघि बढाइरहँदा फेरि कोरोना जोखिम बढेको उल्लेख गर्दै सचेत र सतर्क रहन सबैमा आग्रह समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
दोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार