व्यक्तिगत घटना दर्ता नगर्नेलाई टोखा नगरपालिकाले जरिवाना गर्ने
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बिहिबार २:१:८
१ बैशाख, काठमाडौं । टोखा नगरपालिकाले व्यक्तिगत घटना घटेको ३५ दिनभित्र घटना दर्ता नगराउने नगरपालिकावासीलाई जरिवाना गर्ने भएको छ ।
आजबाट टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता अभियान शुरु भएको र अनिर्वाय रुपमा नगरपालिकामा दर्ता हुनुपर्ने विभिन्न व्यक्तिगत घटनाहरु दर्ता नगरी बसेमा नगरवासीलाई जरिवाना गरिने बताइएको छ ।
काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वयमा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान शुरु गरेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बैशाख १ देखि १६ गतेसम्म टोखा नगरपालिकाभर व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिएको जानकारी दिए । “घटना दर्ता गर्न बाँकी रहेका टोखावासी आफ्नो वडा कार्यालयमा उपस्थित भई जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ अनिवार्यरुपमा दर्ता गर्नुहोला”, नगर प्रमुख अधिकारीले भने । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार