पौडी खेल्ने क्रममा डुबेर दुईको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १६:१६:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/death-1_mVgleyCqGd.gif)
२ वैशाख,लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।
उनीहरुलाई पौडी खेल्न नआएको र खोला आठ फिट गहिरो भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोरीसँगै अन्य दुई जना साथी पनि घाँस काट्नसँगै गएका थिए । सोमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेको र मुस्कान पनि खोलामा डुब्न लागेपछि पौडी नखेलेका एक जना साथीले लौरीको सहायताले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् । दुवैको शव बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ । आज बिहान १०÷११ बजेतिर परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
दोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार