राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १६:३२:५३
२ बैशाख, काठमाडौं । राष्ट्रिय खाद्य बैंकले नयाँ वानेश्वर स्थीत केन्द्रिय कार्यालयको सुभारम्भ गरेको छ ।
पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालयको आज पुजापाठ गरि सुभारम्भ गरिएको छ ।
बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रिय कार्यालयको विधिवत (पुजापाठ सहित) सुभारम्भ गरिएको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताए । २ अर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उदेश्य साथ स्थापना भएको यस बैक नेपालमै नविनतम सोच सहित अघि बढेको बैक हो ।
यस बैकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उदेश्य लिएको छ ।
हालसम्म यस बैकमा ५९० जना प्रमोर्टर शेयर सदस्य रहेका छन् । बैंकले त्यसलाई बढाएर १ हजार जना प्रमोर्टर शेयर सदस्य बनाउने उदघोष यसअघि नै गरिसकेको छ । सरकारी मापदण्ड पुरा गरी केही बर्ष भित्रै आइपिओमा जाने समेत बैकको योजना छन् । शेयर सदस्य तथा सरोकारवालाहरु ब्ढाउँदा बैंकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने भएकोले त्यसरी अघि बढ्न खोजिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताए ।
यस बैकले पहिलो चरणमा २३ ओटा जिल्लामा यसबर्ष भित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ । बैंकले त्यसका लागि तराइका विभिन्न जिल्लाहरुमा करिव ६ सय विघा जमिन लिजमा लिइसकेको छ । यसैबर्ष भित्र बैकले उत्पादन गरेका अग्यानिक उन्मुख अनाजहरु शेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने अध्यक्ष उप्रेतिले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
दशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार