कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १६:४८:२
२ बैशाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर थापा प्रती सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
पुर्व प्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष सुर्य बहादुर थापाको स्मृति दिवसको अवसरमा राप्रपालाई बलियो शक्ति बनाउन सकेमात्र थापा प्रती सच्चा श्रद्धाञ्जली हुने बताएका हुन् ।
राप्रपा सुर्य बहादुर थापाको ‘लिगेसी’ भन्दै थापाले कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सुर्यबहादुर थापाको चाहना भएको समेत बताएका छन् ।
कमल थापाले भनेका छन्ः “राप्रपाका संस्थापक अध्यक्ष, पुर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज ५ बर्ष पुरा भयो।स्व।थापाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सादर श्रद्धांजली व्यक्त गर्दछु।”
राप्रपा स्व.सूर्यबहादुर थापाको ‘लिगेसी’ हो । ” उहॅा कांग्रेस र कम्युनिष्टको विकल्पमा एउटा बलियो शक्ति निर्माण गर्न चाहनु हुन्थ्यो । त्यसर्थ, आजको दिनमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पुरा गरौं, त्यही नै स्व. थापाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार