नयाँ वर्षमा बन्दीपुरमा मात्रै दश हजार पर्यटक
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १७:१७:३९
२ वैशाख,दमौली । तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण बढेको छ । नयाँ वर्षको अवसरमा जिल्लाका ब्यास, शुक्लागण्डकी, बन्दीपुरलगायतका पर्यटकीय तथा धार्मिकस्थलमा सर्वसाधारणको आकर्षण बढेको हो ।
नयाँ वर्षमा बन्दीपुरमा मात्रै दश हजार पर्यटकको आगमन भएको अनुमान छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले नयाँ वर्षमा बन्दीपुर भरिभराउ भएको जानकारी दिए । “नयाँ वर्ष लागेसँगै बन्दीपुर आन्तरिक पर्यटकले भरिभराउ छ,” उनले भने, “बन्दीपुरको टुँडिखेल, मुख्य बजारमा पर्यटक खचाखच छन् ।” नयाँ वर्षको अवसरमा बन्दीपुरमा प्रत्येक वर्ष कार्यक्रम हुने गरेको थियो । यस वर्ष भने मञ्च ९स्टेज० कार्यक्रम गरिएको छैन । स्टेज कार्यक्रम नगरिए पनि प्रत्येक होटल व्यवसायीले आफ्नो होटल अगाडि साङ्गितिक कार्यक्रम गरेका छन् ।
हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले बास बस्ने पर्यटकको सङ्ख्या न्यून रहेपनि दिउँसोमा घुम्न आउने पर्यटक अत्यधिक रहेको जानकारी दिए । “बन्दीपुरमा बास बस्ने पर्यटक यतिबेला कम मात्रामा छन्, घुम्न आउने पर्यटकको सङ्ख्या उत्साहजनक छ,” उनले भने, “नेपालीमा घुम्ने संस्कृतिको विकास भएसँगै विभिन्न चाडपर्व, सार्वजनिक बिदालगायतका दिन बन्दीपुरमा पर्यटक आउने गरेका छन् ।”
बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।
बन्दीपुर गाउँपालिकाले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
यस्तै जिल्लाको ब्यास नगरपालिका–३ र ५ स्थित उद्यानमा पनि सर्वसाधारणको आकर्षण बढेको छ । उद्यानमा जाने र फोटो तथा टिकटक बनाउन युवायुवतीको अत्याधिक भीड बढेको हो । पछिल्लो समय उक्त दुई उद्यान पर्यटकको रोजाइँमा पर्ने गरेको छ ।
ब्यास–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा पनि आन्तरिक भक्तजनको भीड बढेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा पनि भक्तजनको भीड बढेको वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोली पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार