चन्दननाथ मन्दिरको सुन्दरता नै हराउने गरी भवन निर्माण
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १८:१०:१८
२ वैशाख,खलङ्गा । कर्णालीकै प्रसिद्ध जुम्ला स्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ । मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न थालेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो । अहिले तीन तला बन्दा मन्दिर पूर्ण रुपमा छेकिएको छ । पाँच तला बनिसकेपछि मन्दिर पूर्ण रूपमा छेकिने अवस्था छ । जसका कारण सदरमुकाम खलङ्गा नै अशोभनीय देखिन्छ ।
भवन निर्माणअघि कार्यालयले गुठी समितिसँग समन्वय नगरेको समितिका पदाधिकारी बताउँछन् । “एक्कासी पाँच तले भवन बनाउने भन्दै तीन तलाको काम शुरु भएपछि मात्र थाहा भयो”, गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भने, “कार्यालय भवनले मन्दिर छेक्यो । मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो । मन्दिरको सुन्दरता नै हराउने गरी निर्माण हुन लागेको भवनलाई राम्रो मान्न सकिन्न ।”
मन्दिर वरिपरिको घर एक तले मात्रै बनाउने परम्परागत चलन छ । पछि मन्दिर वरिपरि दुई तलासम्म भवन बनाउन पाउने व्यवस्था गरिएको थियो । पछिल्लोसमय व्यक्तिगत र सरकारी पक्षबाट मन्दिरको स्वरुपलाई नै ढाक्ने गरी भवन निर्माण हुन थालेको समितिका अध्यक्ष रोकायाले बताए ।
मन्दिरमा खडा हुने ५२ हाते लिङ्गभन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था सङ्कटमा पर्न थालेको स्थानीयवासी बताउँछन् । अहिले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय भवनको निर्माण कार्य भइरहेको छ । लागतअनुमान अनुसार भवन बहुउद्देश्यीय पाँच तलाको हुनेछ । पाँच तलाको भवन निर्माण भएपछि मन्दिरको सुन्दरता र शोभा हराएर मात्र जाने होइन, यसले मन्दिर ओझेलमा पर्न सक्ने उच्च सम्भावना रहेको स्थानीयवासी कविता शाहीले बताईन ।
अहिले राराताल घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गरेर मात्र फर्कने गरेका छन् । पुरातत्व विभाग, गुठी समितिले पनि धार्मिक तथा सांस्कृतिक महत्वबारे बोध गर्न नसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहिलो मन्दिर परिसरमा रहेको मार्गमा सिलौटबाहेक कालोपत्र नगर्ने भनियो । तर, अहिले वरिपरिको पूरै क्षेत्र कालोपत्र भइसकेको छ ।
चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले भने, “अहिले परम्परादेखि चलिआएको पहिचान भेटिदैन । मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ । त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे ।” यहाँ प्रमाण बोलिरहेका छन् तर ती प्रमाण थन्किएका छन् । अहिले चन्दननाथ भैरवनाथ मन्दिर आसपासका सबै भवन आधुनिक बनेका छन् । घर निर्माण गर्दा पहिले जानकारी दिने चलन छैन । एक्कासी तला बढेको मात्र थाहा हुने गरेको पूर्वअध्यक्ष आचार्य बताउछन् । उनले भने, “मन्दिरको शोभा मेटिने गरी भवन बनाउने सरकार र घर बनाउने भक्तजनका कारण धार्मिक आस्था र विश्वास धुमिल बनिरहेको छ । यो हाम्रो धार्मिक आस्था विपरीत कार्य हो ।” भवन निर्माण हुनुपूर्व गुठी समितिसँग कुनै छलफल र जानकारी नदिएको उनको भनाइ छ ।
चन्दननाथ गुठी समितिले मन्दिरको गुरुयोजना निर्माण गर्न नसकेका कारण धमाधम भवन निर्माण गर्ने र मन्दिरको जग्गा मास्ने कार्य भइरहेको यहाँका स्थानीयवासी बताउँछन् । भवन बनाउँदा एक पटक मन्दिरसँग समन्वय हुनुपर्ने संस्कृतिका जानकार पूर्णसिंह कठायतको भनाइ छ । उनले भने, “मन्दिर सबैको आस्था र विश्वासको धरोहर हो । यो धरोहरको आफ्नै प्रकारको पहिचान छ, जुन मेटिनुहुँदैन ।”
नेपाली भाषा–संस्कृतिको उद्गमस्थल जुम्ला हो । चन्दननाथ मन्दिरलाई धार्मिक धरोहरको उपमा पनि दिइएको छ । प्राचीनकालदेखि स्थापित धरोहरलाई प्रत्यक्ष असर पर्ने गरी भवन बनाइएको छ । भूकम्प, दैवीप्रकोप भए भवनको तला भत्किएर मन्दिरको भौतिक संरचनामा क्षति पुग्नसक्ने कठायतको भनाइ छ ।
चन्दननाथ गुठी समितिकका अनुसार यहाँ दैनिक करीब डेढसय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पछिल्लो समय पर्यटक बढ्दै गएपछि मन्दिरले पनि उनीहरूको रेकर्ड राख्न थालेको समितिले जनाएको छ । एक हजार ४०० वर्ष पुरानो ऐतिहासिक मन्दिर तथा जुम्लाको मनोरम दृष्य अवलोकन गर्न पर्यटक रमाउने गरेका छन् । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन यहाँ हुने भएकाले पनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशसभा अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
जुम्लामा आज सार्वजनिक बिदा
असोज १४, २०८१ सोमबार
‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार
यस्तो छ आजको अमेरिकी डलर र युरोको खरिद तथा बिक्री दर
असोज २१, २०८१ सोमबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार