गण्डकी प्रदेशमा विशेष अधिवेशनको माग
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १८:५८:२९
२ वैशाख, पोखरा । सत्ता साझेदारीमा नेकपा एमालेलाई एक्ल्याउने सहमति जुटेपछि गण्डकी प्रदेश सरकार ढल्ने लगभग प्राय निश्चित थियो । त्यसैले आज बिहान नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार बनाउने गरी सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा माओवादी, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चा नेपाल तयार थिए । एकाएक मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको खबर आयो ।
सबैभन्दा अचम्म त के देखियो भने प्रदेश सभा प्रमुख माओवादी निकट अमिक शेरचन थिए । उनले मध्य रातमै अधिवेशन अन्त्य गरेको सूचना प्रदेश सभामा आज बिहान साढे १० बजे आइपुग्यो । अनि मात्र थाहा भयो , रातभरि कस्तो खिचडी पाकेछ भनेर – नेकपा माओवादी निकट एक नेताले भने । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो निर्णय लिंदा शेरचनले किन हतार गरे भन्ने प्रश्न यतिबेला माओवादी भित्र चर्चा र वहसको विषय बनेको छ । यद्यपि यसबारे प्रदेशसभा प्रमुख शेरचनले भने केही बोलेका छैनन् ।
नयाँ गठबन्धन बन्ने लगभग निश्चित भइसकेको अवस्थामा एकाएक नयाँ परिस्थिति सिर्जना भएको छ । अब गण्डकी प्रदेश सरकारविरुद्ध तत्कालै अविश्वास प्रस्ताव दर्ता गर्न नमिले पनि विशेष अधिवेशन माग गर्ने निर्णयमा विपक्षीहरु पुगेका छन् । मुख्यमन्त्रीका सम्भावित काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भने–एमालेले राजनीतिक व्यावहार गरेन । अविश्वास प्रस्ताव आउँछ भनेर अधिवेशन नै अन्त्य गरेको छ ।
यो कुनै पनि हालतमा उचित होइन, यसको प्रतिकार राजनीतिक प्रकृया भित्र बसेर गरिनेछ । आजैका लागि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थियो तर राजनीतिक बेइमानी भएकाले अब कसरी अगाडि बढ्ने भनेर विपक्षी दलका नेताहरु बसेर एउटा निर्णयमा पुगिने छ – नेपालीले भने । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पनि एमालेले राजनीतिक व्यावहार नगरेको भएपनि अब संवैधानिक प्रकृया अनुरुप सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिने बताए । संविधानको धारा १८३ को उपधारा ३ अनुसार,प्रदेश सभाका कुल सदस्य संख्याको एक चौथाईले लिखित माग गरे विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार