निकुञ्जबाट आएको हात्तीले टीकापुरमा घर भत्कायो
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २०:१५:९
२ वैशाख,टीकापुर । टीकापुर–५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको छ । बुधबार राति २ बजेतिर टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर भत्काएको हो । ‘‘घरमा तीन जना थियौँ । राति मस्त सुतेका थियौँ, एक्कासि घर हल्लिन थाल्यो’’, उनले भने, ‘‘घरको बीचमा भित्ता भएर बाच्यौँ, एउटा भित्ता भत्काइसकेपछि अर्को भित्ता भत्काउन थालेका बेला भाग्यौँ, नत्र ज्यान जाने थियो होला ।’’
बस्तीमा हात्ती पसेपछि स्थानीयवासीले रातभरि थाल, भाँडाकुँडा ठटाएर र आगो बालेर भगाएका टीकापुर नगरपालिका–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारुले बताए । ‘‘टीकापुर पार्कसँगै जोडिएका जङ्गल हुँदै हात्ती गाउँ पसेको हो । “हात्ती बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको अनुमान छ’’, उनले भने, ‘‘गाउँले निकै डराएका छन् । रातभरि सुतेका छैनन् ।’’ केही वर्षअघि पनि टीकापुरमा हात्ती आएको थियो । हात्तीले करीब ६ वर्षअघि टीकापुर पार्कमासमेत क्षति पु¥याएको थयो ।
‘‘हात्ती पार्ककै जङ्गलमा रहेको छ । अझैँ हात्ती कर्णाली नदीपारी नगएकाले गाउँमा त्रास कायमै छ’’, स्थानीयवासी गम्भीर चौधरीले भने, ‘‘नुक्लीपुर आसपासमा त्रास बढेको छ । यहाँ जङ्गली हात्ती मात्र नभइ अन्य जङ्गली जनावरको समेत डर रहेको छ ।’’ पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दै गएकाले स्थानीयवासीमा त्रास बढेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार