सुदूरमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २१:८:२
२ वैशाख,बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडी जिल्लामा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ । स्वास्थ्य कार्यालयले ‘स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता गरौं, निरोगी बनौँ, स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ सो अभियान सञ्चालनमा ल्याएको हो ।
अभियान अन्तर्गत जिल्लामा सरकारी कार्यालयका सबै कर्मचारीको नियमित स्वास्थ्यपरीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान अन्तर्गत स्वास्थ्य कार्यालयले जिल्लाका सबै सरकारी कर्मचारीको स्वास्थ्यपरीक्षण गरिरहेको हो । उनले भने,“कर्मचारीको स्वास्थ्य जाँच गरी नसर्ने रोगबाट बच्न स्वास्थ्य सल्लाहसमेत प्रदान गरिरहेका छौँं, नसर्ने रोगबाट बच्नको लागि अपनाउनपर्नुे स्वास्थ्य सावधानीका बारेमा जानकारी र सतर्कता अपनाउन प्रोत्साहन दिनको लागि स्वास्थ्य परीक्षणको काम जारी राखेका हौं”
जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको स्वास्थ्य चेकजाँच गर्दै स्वस्थ जीवनशैली अपनाउन अभियानले सहयोग गर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कर्मचारीले कार्यालयमा बसेरै काम गर्ने गरेको र शारीरिक क्रियाकलापमा कम सक्रिय हुने गरेकोले विभिन्न खालका नसर्ने रोगको जोखिम बढ्दै गएको उनको भनाइ छ ।
विभिन्न रोगको जोखिम कम गर्न अभियान सञ्चालनमा आएको हो । यस्तै अस्वस्थकर खानपिन, धूमपान तथा मद्यपानको प्रयोगबाट निम्तिने जोखिमपूर्ण व्यवहार गर्न अभियानले मद्दत गर्ने अपेक्षा गरिएको छ । जिल्ला सदरमुकाममा रहेका विभिन्न सरकारी कर्मचारीको मधुमेह, रक्तचाप, शरीरको मोटोपना, मिर्गौला र कोलेस्ट्रोल आदीको परीक्षढा गरी समयमै रोग पत्ता लाग्ने र निवारणका लागि सहज हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
अभियानका लागि प्रदेश सरकारले तीन लाख बजेट विनियोजन गरेको छ । पहिलो चरणमा जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य परीक्षणको काम भइरहेको र दोस्रो चरणमा पालिकाका कर्मचारीको पनि स्वास्थ्यपरीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारी कार्यालयको समन्वयमा स्वास्थ्य कार्यालयको टोलीले कर्मचारीको नियमित स्वास्थ्य जाँच गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार