साहित्य सङ्गमद्धारा सात स्रष्टा सम्मान
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २१:१९:३
२ वैशाख,नुवाकोट । साहित्य सङ्गम नुवाकोटले सात स्रष्टालाई सम्मान गरेको छ । संस्थाले साहित्यकार प्रभा भट्टराई, प्रतीक सङ्ग्रामी, रुपा थापा, विन्दु ‘मूकदर्शक’, नमराज लामिछाने र प्रकाश पाण्डेलाई सम्मान गरेको हो ।
सातै स्रष्टालाई साहित्यका कविता, गजल, मुक्तकलगायत विभिन्न विधामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष सुमित्रा सुमीले जानकारी दिईन् । कार्यक्रममा रामचन्द्र तिम्सिनाको कविता कृति ‘भेँडाहरुको शहर’ र साहित्य सङ्गमले प्रकाशन गरेको अर्धवार्षिक साहित्यिक पत्रिका ‘सङ्गम’को पहिलो अङ्क पनि विमोचन गरिएको थियो । दुवै कृतिको विमोचन गर्दै प्राज्ञ डा देवी नेपालले स्रष्टाले कहिल्यै निराशावादी रचना लेख्न नहुने जनाउँदै लेखकलाई पाठकलाई सकारात्मक ऊर्जा भर्दै अघि बढाउनुपर्ने दायित्व निर्वाह गर्न आग्रह गरे ।
संस्थाले हालै आयोजना गरेको अनलाइन खुला बाल कविता प्रतियोगितामा पहिलो हुने कैलालीकी विभूति अधिकारी, दोस्रो हुने काठमाडौँकी अनुज्ञा पौडेल र तेस्रो हुने नुवाकोटका विमल रसाइलीलाई पुरस्कार प्रदान गरिएको थियो । बुधबार भएको कार्यक्रममा रामहरि बाजे, सुरेश वैद्य, पूर्णबहादुर शिरीष, सेल्कर पाख्रिन, बद्रीवृन्द गजुरेल, रामराजा तिम्सिना, विपीन रोदन, इन्दिरा रेग्मीलगायतले रचना वाचन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार