मकवानपुरको ग्रामीण क्षेत्रमा विद्युतीकरण शुरु
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २१:५७:०
२ वैशाख,मकवानपुर । मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय हेटौँडाद्वारा शुरु गरिएको विद्युतीकरण कार्यका लागि चालु आर्थिक वर्षमा रु नौ करोड ९० लाख वजेट विनियोजन भएको केन्द्रले जनाएको छ । विद्युतीकरणका लागि बोलपत्रसमेत स्वीकृत भइसकेको र केही स्थानमा निर्माण प्रक्रियासमेत भइरहेको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार जिल्लाको सात गाउँपालिकासहित एक उपमहानगरपालिकामा ग्रामीण विद्युतीकरणको काम आगाडि बढाएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मकवानपुरको मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, वकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र वाग्मती गाउँपालिका तथा हैटौँडा उपमहानगरपालिका क्षेत्रमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ ।
यसका साथै कार्यालयले काठका पोल विस्थापित गरी नयाँ सिमेन्टका पक्की पोल जडान गर्ने र तार तथा नयाँ टान्सफर्मरसमेत लगाउने काम गरिरहेको छ । कार्यालयका अनुसार विद्युत् मिटर लिने ग्राहकको सङ्ख्या ६५ हजार २५४ रहेको छ । चालू आवको चैत महिनासम्ममा चार हजार नयाँ विद्युत् मिटर ग्राहक थपिएको छ । विगतमा ६१ हजार ग्राहक रहेका थिए । विद्युत् महसुलवापत कार्यालयले मासिक रु १९ करोडभन्दा बढी रकम उठाउने गरेको कार्यालयको लेखा शाखाले जनाएको छ ।
लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको सङ्ख्या २२ हजार रहेको र उनीहरुको विद्युत् लाइन काटिएको छ । तीमध्ये ५४० ग्राहकलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेकाहरुबाट रु ६६ लाख महसुल उठ्न बाँकी रहेको छ । साथै कारवाहीमा परेकाहरुको घरबाट विद्युत् मिटरसमेत उठाउने काम भइरहेको बताइएको छ । त्यस्तै कार्यालयले विद्युत् महसुल बुझाउनमा समस्या आउन नदिनका लागि सो कार्यालयअन्तर्गत मनहरि, भीमफेदी र फापरबारीमा विद्युत् महसुल काउन्टरको व्यवस्था गरिएको छ भने अनलाइनबाट समेत विद्युत् महसुल बुझाउने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार
जलविद्युत आयोजनाको बाँध निर्माणस्थल
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ !
असार ३, २०८१ सोमबार