वृद्धा सासुको सम्पत्ति लिएर हेरचाह नगर्ने सुष्माका श्रीमान पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २, २०७८ शुक्रबार १:५२:४
![](https://nepalbahas.prixacdn.net/media/albums/kamal-prasad-regmi_R3ofD3FcWM_qb5UKcXPx1.jpg)
२ वैशाख, काठमौं । प्रहरीले वृद्धा सासुको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा सुष्मा रिजाल रेग्मीका श्रीमानलाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरिएको हो ।
यस अघि प्रहरीले उनकी श्रीमतीलाई २२ चैतमा पक्राउ गरेको थियो । सोही मुद्दामा कमलप्रसाद रेग्मी पनि प्रतिवादी भएकाले प्रहरीले पक्राउ गरेको बताएको छ । उनी जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् ।
प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ता गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा भनिएको छ । सुष्मालाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइसकेको छ । उनी हाल केन्द्रीय कारागार, सुन्धारामा छिन् ।
कमल र सुष्माले स्व. भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको भन्दै उजुरी परेको थियो । यस्तै सृजना फाइन्नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ ।
ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाईंदैन् । ०७६ मंसिरमा मा बुवा भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी–ज्वाईंको जिम्मामा राखेकी थिइन् ।
आमा ‘८४ बर्ष’ शोभाले प्रहरीमा उजुर गरेपछि त्यसबारे प्रहरीले अनुसन्धान गरेको थियो । चालु मुद्दामा फरार रहेका रेग्मीलाई अदालतमा उपस्थित गराइने छ। शेयर पनि झुक्याएर बेचेपछि शोभा प्रहरीको शरणमा पुगेकी थिइन् ।
थप समाचार :
राष्ट्र बैंककी जागिरे छोरी :- जसले किर्ते हस्ताक्षर गरेर बृद्ध आमाको करोडौं सम्पति हत्याइन् (श्रृङ्खला–१
राष्ट्र बैंककी निर्देशक सुष्माले यसरी लुटिन् आमाको करोडौं रुपैयाँ, जग्गा र सुनचाँदी (श्रृङ्खला-२
नेपालबहस समाचार प्रभाव : राष्ट्र बैंककी निर्देशक रिजाल पक्राउ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार