आरक्षबाट आएको हात्तीको आक्रमणबाट किसानको मृत्यु
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १५:४६:१२
३ वैशाख, सप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए ।
हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।
कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रखवारी गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयवासीले बताए । मृतकका एक श्रीमती, छोरा र छोरी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार