बागलुङको हार्डवेयर पसलमा आगलागी,५० लाख बढीको क्षति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १६:५८:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/aago_2wrqgf2SAi.jpg)
३ वैशाख,गलकोट । बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् । दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । हार्डवयर पसलमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ । यसै साता मात्रै बानपा–३ गुठीको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको थियो भने त्यसअघि बागलुङ बजारकै मुख्य चोकमा रहेको ग्रीन एण्ड चिल रेष्टुराँमा आगलागी हुँदा रु १३ लाखको क्षति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
दोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार