पूर्वमन्त्री हुँदा पनि सुखसयल नहेरेका जोशी
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १७:२२:४
३ वैशाख,महेन्द्रनगर । उच्च ओहोदामा पुगेपछि विगतको कर्मलाई बिर्सनेहरु धेरै हुन्छन् । पदमा पुगेपछि विलासिताको जीवन जिउने प्रचलनजस्तै बनिरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ६४ वर्षीय पूर्वमन्त्री जयदेव जोशीले भने न्याय क्षेत्रको सक्रियतालाई निरन्तरता दिँदै आएका छन् ।
विसं २०२८ देखि राजनीति र २०३६ देखि लेखापढी व्यवसायमा आबद्ध पूर्वमन्त्री जोशी नेकपा संयुक्तको केन्द्रीय पोलिटब्यूरो सदस्यसम्मको जिम्मेवारी बहन गरिसकेको बताउछन् । विसं २०७२ मा जनसङ्ख्या तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका जोशीले अहिले कञ्चनपुरमा वकालत पेशा गरिरहेका छन् । “एघार महिना पार्टीको जिम्मेवारीअनुसार मन्त्री भएर काम गरेँ”, कुराकानी गर्दै उनले भने, “धेरैले काठमाडौँमै बसेर राजनीतिमा सक्रिय हुन भने तर म गृहजिल्लामै आएर पुरानै पेशामा फर्किएँ ।”
सामान्य परिवार र सामान्य जीवनयापन गरिरहेका जोशीले लामो समयदेखि न्यायमा पहुँच नभएका र आर्थिक अवस्था कमजोर सेवाग्राहीलाई निःशुल्क कानूनी सेवा दिइरहेको बताए । दार्चुलाको लेकम गाउँपालिकामा जन्मिएका जोशी लेखापढीबाटै अधिवक्ता भएको एघार वर्ष भइसकेको बताउछन् । “मन्त्री हुँदा अन्तर्राष्ट्रिय मञ्चमा मौसम परिर्वतन र त्यसको हिमालमा पर्ने असरका बारेमा बोलेँ”, उनले भने, “पदमा रहँदा कहीँकतैबाट लाभ लिने विषय सोच्नसम्म सोचिनँ ।” उनले लामो समयदेखि वकालत पेशामा रहँदा पाएको स्नेह र सम्बन्धलाई जीवन्त राख्न सक्रिय रहेको बताए ।
नेकपा संयुक्तले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट तीन सांसद पाएको थियो । “पार्टीले क्षेत्र, भेग र वर्ग मिलाउँदा सुदूरपश्चिमबाट मलाई सांसद बनाएको थियो”, उनले भने, “अहिले पनि राजनीतिसँगै वकालत पेशामा संलग्न छु ।” छोरा–बुहारीलाई काठमाडौँमा व्यवस्थापन गरेर श्रीमतीसँगै महेन्द्रनगरमा बसिरहेका जोशीले वकालत पेशाबाट पाइने पारिश्रमिकबाट खर्च चलिरहेको बताए ।
“एकपटक मन्त्री हुँदा पटक–पटक त्यही पदको आडमा थुप्रै फाइदा लिएका र लिने गरेका मान्छे देखेको छु”, उनले भने, “म मन्त्री पद त्यागेको १० मिनेटमै सरकारी गाडी र सुरक्षागार्ड फिर्ता पठाएको मान्छे हुँ ।” उनले उमेर पाको अवस्थामा पुगे पनि न्यायका लागि गुहार माग्न आउनेहरुको कमी नआएको बताए । “पद क्षणिक हुन्, समाजसितको सम्बन्ध जहिल्यै सुमधुर भए मात्रै जिउनुको मजा आउँछ”, उनले भने, “अहिले त राजनीति आर्थिक मुनाफा र भ्रष्टाचारसित जोडिएको देख्दा उदेक लागेर आउँछ ।”
नागरिकहरू अधिकारप्रति सचेत भइरहेकै कारण अहिले न्यायका निम्ति आउने क्रम पनि बढिरहेको उनको भनाइ छ । घरमै साइनिङ पाथ ल–फर्म सञ्चालन गरिरहेका जोशीले सिद्धान्तको अनुसरण गरेर राजनीतिमा लाग्नेभन्दा स्वार्थ राखेर सक्रिय हुने क्रम मुलुकका लागि हितकर नहुने बताए । सधैँ सामान्य जीवन जिउन रुचाउने पूर्वमन्त्री जोशी काठमाडौंसम्मको यात्रा सधैँ सार्वजनिक बसबाट गर्दै आएको बताए । “एकपटक बसमा गएको देखेपछि एउटा साथीले जबर्जस्ती जहाजको टिकट बनाएर काठमाडौं पठाए”, जोशीले भने, “मन्त्री हुँदा पनि मैले सुखसयल हेरिनँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार