सुनसरी कांग्रेस कमजोर छैन, अब तपाईंहरु जुर्मुराउनुस् :- डा. शेखर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १७:३५:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/shekhar-koirala_732AuKQOVK.jpg)
३ बैशाख, झापा । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कांग्रेसको उर्भर भूमि सुनसरी जिल्लामा उभिएर बोल्दाको कांग्रेसको स्वाभिमान जोश, जाँगर र हिम्मतमा आउने शक्तिको खुलेरै प्रशंसा गरेका छन् ।
नेपाली कांग्रेस दुहबी नगर समिति सुनसरीले नयाँ वर्ष २०७८ को उपलक्षमा शुभकामना दिँदै कोइरालाले सो कुरा बताएका हुन् । दुहबीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई बैशाख २ गते सम्बोधन गर्दै नेपाली कांग्रेस र सुनसरी जिल्लाको अन्यौन्याश्रित सम्बन्धका बारेमा उनले प्रकाश पारेका छन् ।
कोइरालाले सुनसरी जिल्लामा सदियौं देखिको सदभावना खलबल्याउने काम गरिएको भन्दै त्यो अत्यन्तै खतरनाक रहेको औंल्याएका छन् । उनले यस्ता सामाजिक सदभावना खल्बल्याउने कुराहरु आउना साथ नेतृत्व पंक्तिलाई खबर गर्न सुनसरी कांग्रेसलाई आग्रह गरेका छन् ।
भावी सभापतिको दाबेदारसमेत रहेका डा. शेखरले भने सुनसरी कांग्रेसलाई आघात पर्ने र कार्यकर्तालाई दुःख दिने कुनै पनि कुरा सह्य हुन नसक्नेसमेत बताए । सुनसरी प्रशासनको व्यवहारप्रति रोष प्रकट गर्दै डा. शेखरले भने “उहाँहरुका आप्mना समस्याहरु छन्, लाचारीहरु छन्, त्यो मैले पनि बुझेको छु ।” सुनसरीको प्रहरी प्रशासनसँग आक्रोसित हुदै डा. शेखरले भने सुनसरी कांग्रेस यति कमजोर पनि छैन किनकी नेपाली कांग्रेसको हातमा पनि दही जमेको छैन, प्रशासनको निरन्तरको दवाव कायमै रहे हामी पनि खतरनाक हुन सक्छौं, खतरनाक बन्न सक्छौं यस कुराको समेत सुनसरी प्रशासनले हेक्का राखोस् ।
सुनसरी कांग्रेसको शक्तिप्रति अत्यन्त विश्वस्त हुंदै डा. शेखरले भने “एक पटक सुनसरीका नेपाली कांग्रेसको पार्टीका साथिहरु जुर्मुराए भने सिंगो देश जुर्मुराउछ भन्ने कुरा अहिले यहाँको प्रहरी प्रशासनले बुझेको छैन ।” कोइरालाले भने “अब तपाईंहरु जुर्मुराउनुस्, आफै ठिक हुन्छ । मलाई संझना छ एकचोटी तपाई केदारजी पनि हुनुहुन्थ्यो होला ईटहरीको सिजन थुलुङ्गलाई प्रहरीको खोरमा राखिदिएको थियो । भेट्न गयौं, भेट्न जाँदाखेरि हतकडी लगाएर ल्यायो, हतकडी त लगाएकै थियो मैले ईन्सपेक्टरकै अगाडि आई.जि.पि.लाई फोन गरेर ईन्सपेक्टरको सरुवा गराएँ । हामी गर्न सक्दैनौं हैन, हामी कमजोर छौं ? यो पनि हैन । हो केहि साथिहरु नेपाली कांग्रेस भित्रका साथिहरु कमजोर मानसिकताबाट अगाडि बढीरहनु भएको छ । यो नै अत्यन्तै दुखद कुरा हो ।”
सुनसरी जिल्ला आफैमा शक्तिको मुहान हो भन्दै सुनसरी जिल्लालाई ईगित गर्दै डा. शेखरले भने “या गिरिजाप्रसाद कोइरालाको कर्मक्षेत्र हो, वीपी कोइरालाको कर्मक्षेत्र हो सुनसरी । तपाईहरु त्यति कमजोर हुनुहुन्न, हामी सबै एक ठाउमा उभिन सक्यौं भने कसैले सुनसरी कांग्रेसलाई हल्लाउन पनि सक्दैन भन्ने कुरालाई म यहाँ स्पष्टताका साथ राख्न चाहान्छु ।”
आम कांग्रेस कार्यकताहरुलाई ढाढस र आत्मबिश्वास दिलाउदै डा. शेखरले भने “तपाईहरु चिन्ता नलिनुस् हामी छौं । हामी तपाईहरुका पछाडि पछाडि छौं । तपाईहरुले अगाडि बढेर गरेका हरेक कार्यहरुको अध्ययन अबलोकन गरिरहेका छौं । तपाईहरुको त्याग र समर्पणमा गुन लाग्न दिदैनौं । नेपाली कांग्रेसलाई एक बनाएर लैजान नै हामी नेतृत्वको लडाईमा निस्किएका हौं । हामी सफल हुन्छौ तपाईहरु सफल हुनुहुन्छ ।”
डा. शेखरले अगाडि भने “यहाँ खेल के भैरहेको छ भने सुनसरी नेपाली कांग्रेसको गढ हो, विजय कुमार गच्छदारलाई त हामीले फसायौं फसायौं अब तिन नम्बर क्षेत्रमा पनि मेहदीजिलाई पनि हामीले फसाउन सक्यौं भने सुनसरी हाम्रो पकडमा हुन्छ भनेर खेल खेलिरहेको तर्फ चनाखो गराउदैं त्यसमा नेपाली कांग्रेसका साथिहरु नै संलग्न छन् ।” भन्ने कुरासमेत खुलासा गरेका गरेका छन् ।
किन हुदैछ ? त्यो बुझ्न जरुरी छ । भन्दै भावी सभापतिका दाबेदार कांग्रेस नेता डा. शेखर कोइरालाले भने त्यो अत्यन्तै घातक कार्य भैरहेको छ । कांग्रेस कार्यकर्ताहरुलाई जागरुक बनाउदै नेता कोइरालाले भने त्यो तपाईहरु पनि बुझ्ननुस् । यो कुरा हामीले बुझ्न सक्यौ भने हामी हाम्रो निष्कर्शमा पुग्न सक्छौं ।
उक्त शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेस सुनसरी जिल्ला पार्टी सभापति राजिव कोइराला, नेपाली कांग्रेस पूर्व आमन्त्रित केन्द्रीय सदस्य दिलकुमारी राई, नेपाली कांग्रेस प्रदेश नं. १ का प्रमूख सचेतक केदार कार्की लगायत दुहबी कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
कोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार