देवीथानमुहान–कटहरे सिँचाइ कुलो निर्माणको काम अलपत्र
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १७:४९:३८
३ वैशाख,खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको खुटामा सञ्चालित काभ्रेखोला–देविथानमुहान–कटहरे सिँचाइ कुलो निर्माणको काम अलपत्र बनेको छ । सिँचाइ कुलो निर्माण योजनाको रकम अनियमितता गरेको आरोप खेप्दै आएका निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द लामाले गत फागुन २४ गते पदबाट राजीनामा दिएपछि उक्त योजनाको बाँकी काम अलपत्रको बनेको हो ।
उपभोक्ता समितिका अध्यक्ष लामाले योजनाको रकम आफूखुशी खर्च गरेको, सोधखोज गर्दा योजनाको स्टिमेट, बिल–भर्पाइ, हिसाब–किताबलगायतका बारेमा समेत जानकारी नदिएको उपभोक्ताले गुनासो गरेका छन् । नेपाली कांग्रेस खोटाङका युवा नेता बाजिन्द्र विष्टको पहलमा सिँचाइ मन्त्रालयको बजेटमा आर्थिक वर्ष २०७३÷७४ देखि सिँचाइ कुलो निर्माण योजना शुरु भएको थियो ।
सोही योजनाअन्तर्गत पक्की कुलो निर्माणका लागि आव २०७७÷७८ मा भौतिक पूर्वाधार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिक्तेलमार्फत रु २० लाख बजेट विनियोजन भएको थियो । सोही बजेटको पारदर्शिताका विषयमा स्थानीय बासिन्दाले प्रश्न उठाएपछि अध्यक्ष लामाले राजीनामा दिएका हुन् । उपभोक्ता समितिका अध्यक्ष लामाले समितिका अन्य पदाधिकारीसँग समेत समन्वय नगरी योजनाको काममा एकलौटी ढङ्गले खर्च गर्ने गरेको समितिका सदस्य चण्डीराज विश्वकर्माले बताए । “हामी समितिमा बसेकालाई समेत कति बजेट आयो, कसरी खर्च गर्ने, कति खर्च भयो, बाँकी कति छ भन्ने जानकारी दिएनन्”, उनले भने, “एकलौटी ढङ्गमा अध्यक्ष लामाले आफ्नो खेततिर जाने कुलो बनाउने काम गरे । भुक्तानी लिन जाने बेला सही गर्नुपर्छ भने, हामीले मानेनौँ ।”
उपभोक्ता समितिका अध्यक्ष लामाको राजीनामा आएपछि कार्यवाहक वडाध्यक्ष धनबहादुर राईको उपस्थितिमा गत फागुन २७ गते स्थानीयवासी टङ्कराम तामाङको अध्यक्षतामा पुनः उपभोक्ता समिति गठन गरिएको छ । तामाङको अध्यक्षतामा चैत ९ गते बसेको बैठकले योजनाको बाँकी कामको सम्झौताका लागि भौतिक पूर्वाधार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिक्तेल जाने निर्णय गरे पनि अहिलेसम्म उक्त योजनाको काम हुने वातावरण बनेको छैन ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले पुरानो समितिलाई भुक्तानी हुने वातावरण बनेपछि मात्र नयाँ उपभोक्ता समितिसँग सम्झौता हुने बताए । “पुरानो उपभोक्ता समितिबाट भएको कामको भुक्तानी पुरानै समितिको नाममा हुन्छ । नयाँ समितिबाट भएको कामको रकम नयाँ समितिको नाममा जान्छ”, उनले भने, “पुरानो समितिबाट करिब रु पाँच लाख बराबरको काम भएको प्राविधिक स्टिमेटमा देखिएको छ । सिँचाइ योजनाका बारेमा विवाद हुनुका पछाडि राजनीति पनि घुसेको हुनसक्ने अनुमान गरिएको छ ।”
यसबारेमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा काभ्रेखोला–देविथानमुहान–कटहरे सिँचाइ कुलो निर्माण योजना उपभोक्ता समितिका निवर्तमान अध्यक्ष लामाले फोन उठाएनन् । काभ्रेखोला–देवीथानमुहान–कटहरे सिँचाइ कुलो निर्माण आयोजनाको दुई हजार ७०० मिटर लामो पक्की सिँचाइ कुलो निर्माणका लागि बजेट आएको हो । कुलोलाई साउनेपाटो खोल्सीबाट अगाडि बढाउनुपर्नेमा सिधै तल झारेर विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० नै नगरिएको ठाउँमा १०४ मिटर कुलो निर्माण गरिएको स्थानीय बासिन्दाको भनाइ छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन प्रमुख ज्ञवालीले भने १०४ मिटर कुलो मूलकुलो नभई शाखा कुलो भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार