राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा साढे चार करोडभन्दा बढी बजेट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १८:२:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/school_DGgSAWusmW.gif)
३ वैशाख,फुङ्लिङ । ताप्लेजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४८ सरकारी विद्यालयमा रु चार करोड ५६ लाख ५० हजार बजेट विनियोजन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७–७८ का लागि ताप्लेजुङका ती विद्यालय छनोटमा परेका हुन् ।
आठराई त्रिवेणी गाउँपालिकाका–११ सामुदायिक विद्यालयमा रु दुई करोड एक लाख विनियोजन भएको छ । फुगुवा आरभूत विद्यालय, छातेढुङ्गा आधारभूत र जालपा देवी आधारभूत विद्यालयका लागि शिक्षामा नवीन प्रविधि प्रवद्र्धन गर्नका लागि रु १९ लाख ५० हजार विनियोजन भएको छ । सरस्वती माध्यमिक र नमूना आधारभूत विद्यालयमा सिकाइ सामग्री खरीद गर्नका लागि रु १३ लाख तथा त्रिपुरेश्वर शान्ति आधारभूत र परमसिंहदेवी माध्यमिक विद्यालयमा कक्षाकोठ निर्माण गर्नका लागि रु ५४ लाख विनियोजन भएको छ । दुर्गा र गुप्तेश्वर माध्यमिक विद्यालयमा शौचालय तथा खाने पानीका लागि रु १४ लाख विनियोजन भएको उल्लेख छ ।
फुङ्लिङ नगरपालिकामा भानु जनमाध्यमिक र जनता माध्यमिक विद्यालयममा खानेपानीसहित शौचालय निर्माणका लागि सात लाखका दरले रु १४ लाख विनियोजन भएको मन्त्रलयले जनाएको छ । वीरेन्द्र माध्यमिक विद्यालयमा कम्प्युटर खरीदका लागि छ लाख ५० हजार रकम विनियोजन भएको छ । मयेम माध्यमिक विद्यालय र मेवाराज आधारभूत विद्यालयमा शिक्षामा नवीन प्रविधि प्रवद्र्धनका लागि रु १४ लाख विनियोजन भएको छ । बाल सुबोधिनी संकृत माध्यमिक विद्यालयमा कक्षाकोठा निर्माण गर्न रु १८ लाख विनियोजन भएको छ ।
मेरिङदेन गाउँपालिकामा दुई वटा विद्यालय छनोटमा परेको छ । सिंहकाली आधारभूत विद्यालयमा शिक्षामा नवीन प्रविधिको प्रवद्र्धन गर्नका लागि छ लाख ५० हजार विनियोजन भएको छ । पृथ्वी माध्यमिक विद्यालयमा कक्षाकोठा निर्माणका लागि रु १८ लाख विनियोजन भएको छ ।
मैवाखोला गाउँपालिकामा चार विद्यालय छनोटमा परेका छन् । मैवाखोला माध्यमिक विद्यालयमा शिक्षामा नवीन प्रविधि प्रवद्र्धन गर्नका लागि रु छ लाख ५० हजार विनियोजन भएको छ । सरसुवती आधारभूत विद्यालयमा कम्प्युटर खरीदका लागि रु छ लाख ५० हजार, ठोट्ने आधारभूत विद्यालयमा भौतिक पूर्वाधार तथा शैक्षिक विकासका लागि रु ५० लाख र पाटी डाँडा माध्यमिक विद्यालयमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि रु छ लाख ५० हजार विनियोजन भएको छ ।
पाथीभरायाङवरक गाउँपालिकामा छ विद्यालय छनोटमा परेका छन् । जसमा रु ४६ लाख विनियोजन भएको छ । कालिका माध्यमिक, शारदा माध्यमिक, हिमालय आधारभूत र कुम्भकर्ण आधारभूत विद्यालयमा कम्प्युटर खरीदका लागि रु ३२ लाख ५० हजार विनियोजन भएको छ । थेचम्बु माध्यमिक विद्यालयमा सिकाइ सामग्री उपलब्ध तथा अधिवृद्धिका लागि रु छ लाख ५० हजार विनियोजन भएको छ । पानी धारासहितको शौचालय सिरस्वस्ती आधारभूत विद्यालयमा रु सात लाख विनियोजन भएको छ ।
शिदिङवा गाउँपालिकामा छ विद्यालय छनोटमा परेका छन । ती विद्यालयका लागि रु ४५ लाख विनियोजन भएको छ । भञ्ज्याङ माध्यमिक र सिदिङवा आधारभूत विद्यालयमा खाने पानीसहित शौचालय निमार्णका लागि रु १४ लाख तथा सिंहदेवी आधारभूत विद्यालयमा शिक्षामा नवीन प्रविधिको प्रवद्र्धन गर्न रु छ लाख ५० हजार विनियोजन भएको छ । नीलगिरि माध्यमिक विद्यालयको कक्षाकोठा निर्माणका लागि रु १८ लाख र सिद्देश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री खरीदका लागि रु छ लाख ५० हजार विनियोजन भएको छ ।
सिरिजङ्घा गाउँपालिकामा पाँच विद्यालय छनोटमा परेका छन् । ती विद्यालयका रु ५६ लाख विनियोजन भएको छ । सिनाम माध्यमिक र सरस्वती माध्यमिक विद्यालयमा कक्षाकोठा निर्माणका लागि रु ३६ लाख र कञ्चनजङ्घा माध्यमिक विद्यालयमा सिकाइ सामग्री खरीद गर्नका लागि रु छ लाख ५० हजार विनियोजन भएको छ । गणेश माध्यमिक विद्यालयमा शिक्षामा नवीन प्रविधि प्रवद्र्धन गर्नका लागि रु छ लाख ५० हजार तथा अवेगुदिन माध्यमिक विद्यालय खानेपानी र शौचालयका लागि रु सात लाख विनियोजन भएको छ ।
फक्ताङलुङ गाउँपालिकामा ४० विद्यालयमध्ये एउटा विद्यालय मात्र छनोटमा परेको छ । खेजिनिम आधारभूत विद्यालयको कक्षा कोठा निर्माणको लागि १८ लाख विनियोजन भएको छ । ताप्लेजुङ जिल्लामा सामुदायिक विद्यालय ३३१ सञ्चालनमा छन् । यहाँका विद्यालयमा ३३ हजार ९७५ विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा समन्वय एकाइको तथ्याङ्कमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार