बाढी प्रभावलाई व्यवस्थापन गर्न दीर्घकालीन तयारी
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १९:२०:३४
३ वैशाख,गण्डकी । बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा महानगरपालिका–३२ को सक्रियतामा वडाका विभिन्न क्षेत्रमा वर्षात्को समयमा पर्ने गरेको बाढी प्रभावको असरलाई दीर्घकालीन समाधान गर्ने गरी प्रयास अघि बढाइएको छ । वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न सम्बद्ध निकायमा पत्राचारसहित ध्यानाकर्षण गराइएको समितिका अध्यक्ष शिवजी लामिछानेले जानकारी दिए ।
उनका अनुसार समितिको पहलसँगै विगतमा अनियन्त्रित रुपमा आउने पानीलाई डाँडाको नाक प्रहरीचौकी, बाँधाको रह तथा घोतघोतेबाट कटाउने गरी सिँचाइ डिभिजन कार्यालय पोखराबाट आवश्यक तयारी भइरहेको छ । त्यस्तै गगनगौंडास्थित भत्केको चौकीमा पानी व्यवस्थापनका लागि पोखरा महानगरपालिकाबाट रु १४ लाख ३० हजार लागतमा काम अघि बढाइने उनले जानकारी दिए ।
पोखरा–३२ स्थित बाह्रसय चौताराबाट पानी कटाएर खहरे खोलामा लैजानका लागि पोखरा महानगरपालिकासँग पहल भइरहेको समितिले जनाएको छ । गत वर्षको बाढीले गगनगौंडा र लामेआहालबीचमा पर्ने राधाकृष्ण मन्दिर नजिकै पारेको प्रभावलाई दृष्टिगत गर्दै त्यहाँको दीर्घकालीन समाधानका लागि नाला गहिरो बनाएर कोत्रेसम्म पु¥याएर कटाउने गरी पहल भएको उनले जानकारी दिए ।
पोखरा–३२ का गगनगौंडा र आसपासका क्षेत्रमा बर्सेनि बाढीका कारण हुने गरेका समस्याको दीर्घकालीन समाधानका लागि समितिले सम्बद्ध निकायमा निरन्तर पहल गरिरहेको सदस्य गणेशबहादुर खत्रीले बताए । समितिका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय कास्की, डाँडाको नाक इलाका प्रहरी कार्यालय, सिँचाइ डिभिजन, सडक डिभिजन कार्यालय, विजयपुर सिँचाइ आयोजना कार्यालय र बेगनास सिँचाइ आयोजना कार्यालयलगायत सम्बद्ध निकायमा बाढी प्रकोपको दीर्घकालीन व्यवस्थापनका लागि यसअघि नै पत्राचार एवं ज्ञापनपत्र बुझाइएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार