डढेलोले लाङ्टाङ निकुञ्जको २५ हेक्टर जङ्गल नोक्सान
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १९:३३:११
३ वैशाख,रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा लागेको डढेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पु¥याएको र ठूलो परिमाणमा साना बोटबिरूवा नोक्सान भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार रसुवाअन्तर्गत धुञ्चे, ठाडे, राम्चे, लोकिल, जुरेढुङ्गा, भार्खु र कालिका एवं नुवाकोटको घ्याङफेदी र सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्रका वनजङ्गल डढेलोको चपेटामा परेका छन् ।
शिशिर ऋतुमा झर्ने पात एवं जङ्गलभित्र सुकेर बसेका झार, हिउँदयाममा हावाको निरन्तरता, बढी मात्रामा भिरपाखोजस्ता समस्याले डढेलो नियन्त्रण गर्न कठिनाइ हुने गरेका कारण अग्निरेखा तथा फायर फाइटिङका माध्यमबाट ठूलो नोक्सानी न्यूनीकरण गर्न समस्या भए पनि निकुञ्ज प्रशासन निभाउन प्रयासरत रहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका रेञ्जर रमेश बस्नेतले बताए ।
डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीले महत्वपूर्ण योगदान दिइरहेको बताइएको छ । छयालीस प्रकारका स्तनधारी जनावर र २५० प्रजातिका पक्षी भएको निकुञ्ज जङ्गलमा डढेलोको असरले केकति नोक्सान भएको भन्नेबारे लेखाजोखा भने हुन सकेको छैन ।
सलाई, लाइटरजस्ता आगोसँग सम्बन्धित वस्तु सुरक्षित राख्न र चुरोट तथा तमाखुजस्ता धूमपान गरेका आगोको ठुटा जथाभावी नफ्याँक्न बारम्बार चेतनामूलक सन्देश प्रवाह भइरहे पनि जङ्गलमा डढेलो लगाउने बानी आजै हट्न नसक्दा वर्षेनी ठूलो मात्रामा वनजङ्गल नोक्सान हुँदै आएको छ ।
डढेलो लगाउने समस्या पुरानो रोग भए पनि यस्ता समस्या न्यूनीकरण गराउने कार्यमा भने कसूरदारलाई कारवाहीमा ल्याउन सकिएको छैन । निकुञ्जका अलावा वन कार्यालय र सामुदायिक वन क्षेत्रका भूभागमा डढेलो लगाउने व्यक्ति खोज्न नसक्दा वर्षेनी यस्ता समस्याले विकराल रूप लिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
सुरक्षासँग सम्बन्धित निकायको अनुसन्धानबाट हरेक कुनाकुनाका घटना पत्ता लगाई कानूनी दायरामा ल्याउने गरिए तापनि डढेलो लगाउने व्यक्तिको पहिचान गर्ने संयन्त्र वनसँग सम्बन्धित निकायमा नदेखिएकाले अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई आग्रह गर्नुपर्ने अवस्था आएको बुद्धिजीवीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार