नेपाल समूहका नेताले फ्लोर क्रस गर्दा जोगियो मुख्यमन्त्रीको पद
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २३:३७:४४
३ वैशाख, काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। २२ जना सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो।
शाहीका पक्षमा २२ र विपक्षमा १६ मत परेको थियो। मुख्यमन्त्रीलाई सत्तारूढ दल माओवादी, नेपाली कांग्रेस र एमालेका सांसद नन्दसिंह बुढा, प्रकाश ज्वाला, अम्मरबहादुर शाही र कर्मराज शाहीले विश्वासको मत दिएका हुन्।
फ्लोर क्रस गर्ने सबै एमालेको माधवकुमार नेपाल समूहका नेता हुन्। ३९ सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीका १२, कांग्रेसका ६, एमालेमा सभामुख राजबहादुर शाहीसहित २० र राप्रपाका १ जना सांसद छन्। मतदान प्रक्रियामा ३७ सांसद सहभागी भएका थिए।
प्रदेश सभाको सबै भन्दा ठूलो दल एमालेले चैत ५ गतेबाट सरकारलाई दिएको समर्थन मुख्यमन्त्रीको पद धरापमा परेको थियो। एमालेले समर्थन फिर्ता लिएको २९ दिनपछि शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिएरका हुन्।
विश्वासको मत पाएसँगै शाही नेतृत्वकै सरकारले निरन्तरता पाएको छ। यसअघि प्रतिपक्षमा रहेको कांग्रेस अब सरकारमा सहभागी हुने सम्भावना छ। प्रदेशसभाको अर्को बैठक १० गते बस्ने भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
असार १४, २०८१ शुक्रबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार
गरुडामा बाँदरविरुद्ध किसान
असार १९, २०८१ बुधबार