काठको खोर थापेर चितुवा नियन्त्रणमा
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शनिबार ०:३२:४८
३ वैशाख, गोरखा । गण्डकी गाउँपालिका–५ सयमुरेमा स्थानीयवासीले परम्परागत काठको खोर थापेर चितुवा नियन्त्रणमा लिएका छन् । लामो समयदेखि दर्बुङसहित आसपासको क्षेत्रमा चितुवाले घरेलु पशुचौपाया मारेर आङ्तक नै मच्चाउन थालेपछि डिभिजन वन कार्यालय गोरखाको समन्वयमा स्थानीयवासीले सयमुरेमा थापेको खोरमा चितुवा परेको हो ।
‘चितुवा कुन उमेरको हो, भाले वा पोथी हुन हो भन्ने बारेमा खुल्न बाँकी रहेको सब डिभिजन वन कार्यालय सिउरेनीटार प्रमुख साहायक बन अधिकृत मनमोहन मिश्रले जानकारी दिए । ‘खोरमा परेको प्राविधिक व्यवस्थापन गरेर त्यसलाई अन्यत्र लैजानुपर्ने हुन्छ, उनले भने, आवश्यक सामग्रीको हामीसँग अभाव छ, भोलीसम्ममा सबै व्यवस्थापन गरी उद्धार गछौँ ।’
जनशक्ति पनि पर्याप्त नभएकाले पनि तत्काल घाउचोट नलाग्ने गरी सुरक्षित उद्दार गर्नका लागि आवश्यक सामग्री जुटाउन समय लागेको उनले बताए । खोरमा परेको चितुवा उद्दार गरी अन्यत्रै लगेर छोड्ने डिभिजन वनकार्यालय प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिए । ‘खोरमा परेको चितुवलाई उपयुत्त ठाउँमा उसको बासस्थानमा छोड्नुपर्ने हुन्छ, उनले भने, ‘कस्तो अबस्थामा छ, कस्तो छ हेर्नका लागि कर्मचारी पठाएका छौँ अन्यत्र पनि समन्वय भइरहेको छ ।’
पछिल्लो दुई महिनाको अवधिमा चितुवाले गण्डकी गाउँपालिकाको रानागाउँमा मात्रै बाख्रा र गोरु गरी १७ वटा घरपालुवा पशु, सयपुरेमा १० वटा गाइगोरु र राईथोकमा पाँच वटा बङ्गुर तथा पाँच वटा बाख्रा मारेको स्थानीयवासीको भनाइ छ । चितुवाको आङ्तक बढ्न थालेपछि स्थानीयवासीले मिलेर करिब एक महिना अघि काठको खोर बनाएर थापेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
इच्छाकामनाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने
असार ११, २०८१ मंगलबार
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार