भारतबाट फर्किएका १५ नेपालीमा कोरोना पुष्टि
नेपालबहस संवाददाता
बैशाख ४, २०७८ शनिबार १३:११:३०
४ वैशाख, राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका संक्रमित सबै पुरुष छन । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् ।
बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा संक्रमणको पुष्टि भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार