सिसीएमसी बैठक : स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सुझाव
नेपालबहस संवाददाता
बैशाख ४, २०७८ आइतबार ३:३५:५८
४ वैशाख, काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ‘सिसीएमसी’ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोनाको नयाँ प्रजाति रोकथाम, नियन्त्रण र उपचार गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल गरी राय, सुझावसहित परिमार्जन गरेको छ ।
कोभिड–१९ को नयाँ प्रजातिको सङ्क्रमण अलि भिन्न र छिटो फैलन सक्ने भएकाले रोकथामलाई कसरी व्यवस्थित र चुस्त तुल्याउने भन्ने सन्दर्भमा मन्त्रालयको प्रस्तावमाथि विभिन्न कोणबाट छलफल गरी राय, सुझाव दिएको सचिव खगराज बरालले जानकारी दिए।
उनले भने, “अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पालनालाई बढी प्रभावकारी तुल्याउन आवश्यक छ, रोकथाम र नियन्त्रणका लागि जनचेतना जागरणका कार्यक्रमलाई थप प्रभावकारी तुल्याउनुपर्छ भन्नेमा सबैको जोड छ ।” बैठकमा कोरोना रोकथामका लागि टोल, समुदाय, स्थानीय तह र प्रदेशलाई आ–आफ्ना कार्यक्षेत्रभित्र जनचेतना जागरणका कार्यक्रम सञ्चालन गर्न सुझाव दिन उचित हुने रायसमेत प्रस्तुत गरिएको थियो ।
विद्यालयको पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा विगतको जस्तो समग्र एकैखाले नभई कोरोनाको सङ्क्रमण जोखिम बढी देखिएका स्थानमा तत्कालका लागि शिक्षा मन्त्रालयबाट जारी भएको अनलाइनलगायतका वैकल्पिक सिकाइका ढाँचा र विधिमार्फत पठनपाठनको व्यवस्था गर्न उचित हुनसक्छ भन्ने पाटोबाट गम्भीर छलफल भएको सचिव बरालले जानकारी दिए ।
उनले भने, “तर यो विषयमा निर्णय हुन भने बाँकी नै छ, मन्त्रिपरिषद्बाट निर्णय भई आदेश जारी भइसकेपछि मात्र विद्यालय सञ्चालन र सिकाइका वैकल्पिक ढाँचा लागू हुनेछ ।” कोरोना नियन्त्रण, रोकथाम, उपचार र यससँग सम्बन्धित कार्यका लागि निर्णय गर्ने अधिकार स्थानीय तह र स्थानीय प्रशासनसमेतलाई दिनुपर्छ भन्नेमा बैठक मतैक्यता रहेको तथा प्रवेश विन्दुमा नै सङ्क्रमण रोकथामका कदमलाई प्रभावकारी तुल्याउनुपर्छ भन्ने तर्क पनि गरिएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला मन्त्रालयका मन्त्री र सचिव तथा विज्ञहरुको समेत सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार