एन्टिबडी बनिसकेका र खोप लगाएकालाई पनि जोखिम कायमै
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १५:३:४
५ वैशाख, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको “डबल म्यूटन्ट भेरिअन्ट” भेटिएको पुष्टि भएपछि स्वास्थ्यविद् तथा भाइरोलजिस्टले चिन्ता व्यक्त गरेका छन्। बुधवार मात्रै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकले भक्तपुरका एक पुरुषमा दुई पटक उत्परिवर्तन भएको कोरोना भाइरसको उक्त प्रकार भेटिएको थियो ।
महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोना भाइरस सङ्क्रमण देखिएका पाँचवटा नमुना हङ्कङस्थित एक प्रयोगशालामा पठाइएकोमा एउटामा डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भएको हो। नेपालमा यूके भेरिअन्ट पुष्टि हुनेको संख्या १५० नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
भाइरसविज्ञ डा. लुना भट्ट शर्माका अनुसार अरू दुईवटा भेरिअन्टमा देखिसकिएको म्यूटेशन अर्थात् उत्परिवर्तन एउटैमा देखिँदा त्यो उत्परिवर्तित प्रकारलाई डबल म्यूटन्ट भेरिअन्ट भनिन्छ। अहिले नेपालमा कोरोना भाइरस संक्रमणको प्रवृत्ति ‘खतराको घण्टी’“यसले भाइरसलाई फाइदा पुर्याउने र मान्छेलाई हानि पुर्याउने हुन्छ,” त्यसको चरित्रबारे उनले थपिन्। विश्वका कैयौँ देशमा अहिले कोरोनाभाइरसका विभिन्न भेरिअन्ट अर्थात् उत्परिवर्तित प्रकारहरू देखा परिरहेका छन्। भारतमै यूके भेरिअन्ट र डबल म्यूटन्ट भेरिअन्टसहित कोरोना भाइरसका विभिन्न प्रकार फैलिएको पुष्टि भएको छ।
नेपालमा मानिसहरूको भिडभाड तथा ठूल्ठूला जमघटहरू जारी रहेका बेला नयाँ भेरिअन्टहरू देखिनु आगोमा घ्यू थपिए सरह हो, ।कोरोना भाइरसबाट सङ्क्रमित भई निको भएर एन्टिबडी बनिसकेका र खोप लगाइसकेका मानिस पनि फेरि सङ्क्रमण हुने जोखिमबाट मुक्त छैनन् ।
नयाँ भेरिअन्टहरूको प्रादुर्भाव र आगमनसँगै त्यहाँ दैनिक सङ्क्रमित हुने र मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ। भाइरसविद् र जनस्वास्थ्यविद् र चिकित्सकहरूले नेपालमा पनि दोहोरो उत्परिवर्तन भएको समेत नयाँ कोरोना भाइरसका नयाँ प्रकारहरू फेला पर्नु सुखद सङ्केत नभएको बताएका छन्।
पछिल्लो समय नेपालमा पनि संक्रमित मानिसको सङ्ख्या बढिरहँदा नयाँ भेरिअन्टको उपस्थिति चिन्ताको विषय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला बताउँछन्। “नेपालमा मानिसहरूको भिडभाड तथा ठूल्ठूला जमघटहरू जारी रहेका बेला नयाँ भेरिअन्टहरू देखिनु आगोमा घ्यू थपिए सरह हो, । बस्तोलाले भने सङ्क्रमण फैलिने दर पनि उच्च देखिएकोले नेपालमा डबल म्यूटन्ट भेरिअन्ट पुष्टि हुनु चिन्ताको विषय भएको धारणा डा. लुना भट्ट शर्माको पनि छ।
“अर्को कुरा यसले एन्टिबडी भनिने प्रतिरोधी प्रणालीलाई छल्ने र हाम्रो शरीरभित्र हुने टी-सेलले समेत यसलाई नचिन्ने भएकोले यो झन् खतरनाक छ,” उनले औँल्याइन्। यसको अर्थ कोरोना भाइरसबाट सङ्क्रमित भई निको भएर एन्टिबडी बनिसकेका र खोप लगाइसकेका मानिस पनि फेरि संक्रमण हुने जोखिमबाट मुक्त नभएको विज्ञहरू बताउने गरेको बीबीसी न्यूज नेपालीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार