चार वर्षदेखि निरन्तर रुद्राभिषेक गर्छन विद्यार्थी
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १६:२८:२५
५ वैशाख,जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित नेपालकै जेठो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा विगत चार वर्षदेखि निरन्तररूपमा रुद्राभिषेक (महादेवको विशेष पूजा) हुँदै आइरहेको छ । सो विद्यालयमा अध्ययनरत १५५ बटुक (विद्यार्थी)ले एक दिन पनि नबिराई विगत चार वर्षदेखि दैनिकरूपमा रुद्राभिषेक गर्दै आइरहेको प्राधानाध्यपक ईश्वरी पौडेलले बताए । बालागुरु षडानन्दसहित नेपालका इतिहासकै धरोहरका रूपमा चर्चित व्यक्तित्वले अध्ययन गरेको यस विद्यालयले नेपाललगायत विश्वको कल्याणार्थ अबिरलरूपमा रुद्राभिषेक गर्दै आइरहेको जनाइएको छ ।
सामान्य मानिसले एक दिन रुद्राभिषेक गर्दा रु एक लाखसम्म खर्च हुने तथा नानाथरी जोरजाम गर्नुपर्ने हुन्छ तर यस संस्कृत विद्यालयमा अध्ययनरत छात्रछात्राले भिक्षाटन (भिक्षा मागेर प्राप्त धन वस्तु)बाटै दैनिक रुद्राभिषेक गर्न सफल भएको प्राधानाध्यापक पौडेलले बताए । यस विद्यालयमा नेपालका विकट तथा दुर्गम हिमाली तथा पहाडी जिल्ला दैलेख दुल्लुदेखि तराई मधेशको समथर भूभागमा बसोबास गर्ने विभिन्न जातजातिका १५५ बटुकहरूले संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् । जातले विभिन्न भए पनि कर्म र शिक्षाले पण्डित बनिरहेका छन् र सबैले वैदिक मन्त्र पढिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार