सौर्य बत्ती जडानपछि भम्केनीधाम झलमल्ल, आवागमन सहज
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १६:१३:४२
५ वैशाख, कञ्चनपुर । भीमदत्त नगरपालिका–८ स्थित भम्केनीधाममा सौर्य बत्ती जडान गरिएको छ । नगरपालिका कार्यालय र वडा कार्यालयले संयुक्तरूपमा सौर्य बत्ती जडान गरेका हुन् । सौर्य बत्ती जडानपछि भम्केनीधाम झलमल्ल भएको छ । यसअघि उज्यालो नहुँदा भक्तजनलाई राति समस्या हुने गरेको थियो ।
महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनीधामको आग्रहमा २० वटा सौर्य बत्ती जडान गरिएको छ । भीमदत्त–८ का वडाध्यक्ष ध्वजबहादुर विष्टले भम्केनीधामको धार्मिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएर सौर्य बत्ती जडान गरिएको बताए । “भम्केनीधाम नेपालको चौथो धाम हो, यसको धार्मिक पर्यटन प्रवद्र्धनका लागि नगरपालिका र वडा कार्यालय एकजुट भएर लागेका छौँ, उच्च प्राथकिता दिएका छौँ”, उनले भने, “राति उज्यालो नहुँदा समस्या हुने भएपछि सौर्य बत्ती बालेका छौँ ।”
चुरे फेदको यस धाममा राति उज्यालो नहुँदा सरसामान चोरी हुने डर थियो । अहिले सौर्य बत्ती जडान भएर झिलीमिली भएपछि चोरी हुने सम्भावना हटेको भक्तजन बताउँछन् । जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले चार महिनासम्म मौन व्रत बसेर भम्केनीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा पहिचान गराएका थिए । जगद्गुरुको पहलमा अहिले धाममा ७५ फिट अग्लो अष्टधातुको मूर्ति निर्माण अघि बढेको छ । अष्ठधातुको मूर्ति निर्माणका लागि भीमदत्त नगरपालिकाले रु एक करोड सहयोग गर्ने प्रतिबद्धता गरेको छ । त्यसमध्ये हालसम्म रु ५० लाख सहयोग रकम मूर्ति निर्माणका लागि उपलब्ध भइसकेको छ ।
भम्केनीधामसम्म बाटो निर्माण गरी आवागमन सहज बनाइएको छ । सुदूरपश्चिमका सबै जिल्लाको प्रतिनिधित्व हुने गरी कुण्ड निर्माण गरिएका छन् । स्थानीयवासीका अनुसार पौराणिककालमा भकभक गरी आउने पानीका आधारमा यसको नाम भम्केनी राखिएको हो । भम्केनीका छ कुण्डमध्ये पाँच पाण्डव र एक द्रौपदीको रहेको किंवदन्ती छ । भीमले द्रौपदीलाई नुहाउन कुण्ड बनाएको स्थानीयवासी बताउँछन् ।
भम्केनीधाम प्रचार प्रसारमा आएपछि बर्सेनि पूर्वाधार निर्माणका काम गरिएका छन् । अहिले महेन्द्रनगरबाट भम्केनीधामसम्म सडक कालोपत्र गरिएको छ । ब्रह्मदेवबाट रौटेलासम्मको जैविकमार्ग पनि धाम भएर निर्माण गरिएको छ । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनीधामका अध्यक्ष वीरबहादुर सिंहले धामको विकासका लागि गुरुयोजना निर्माण गरिएको बताए । छ दशमलव दुई हेक्टरमा फैलिएको धामलाई पुरातात्विक विभागको धार्मिक पर्यटकीय क्षेत्रमा समावेश गराउन पहल गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार