वाणीमा २० लाखको लागतमा अस्थायी प्रहरी पोष्ट
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १६:१६:२६
५ वैशाख, कञ्चनपुर । कञ्चनपुरकाे कृष्णपुर नगरपालिका–२ वाणीमा अस्थायी प्रहरी पोष्ट ‘प्रहरी चौकी’को पक्की भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २० लाखको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको हो ।
प्रतिष्ठा निर्माण सेवा प्रालिले ठेक्का सम्झौताअनुसार पाँच महिनाको अवधिमै भवन निर्माण पूरा गरेको छ । निर्माण गरिएको भवनमा कार्यालय कक्ष, ब्यारेक, शौचालय, स्नानघरलगायत छन् । सुदूरपश्चि प्रदेशसभा सदस्य महेशदत्त जोशीले भवन निर्माणपछि प्रहरीलाई शान्ति, सुरक्षा कायम गर्न सहज भएको बताए ।
प्रदेशसभा सदस्य जोशीले स्थायी प्रहरी चौकी स्थापनाका लागि स्तरवृद्धि गर्न सम्बन्धित निकायमा पहल गरिने बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्की भवन निर्माण भएपछि स्तरीय सेवा दिन सहज भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार