सडक विस्तारले गति लिएपछि पर्यटकको आवतजावत बढ्यो
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १६:३८:४०
५ वैशाख, भोजपुर । भोजपुर–चखेवा भञ्ज्याङ मध्यपहाडी लोकमार्ग निर्माणको काम ९५ प्रतिशत सकिएको छ । सडकखण्डको ४२ किलोमिटरमध्ये ४० किलोमिटर कालोपत्रको काम सकिएको हो । यही वैशाख महिनाभित्र सम्पूर्ण काम सक्ने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ ।
कालोपत्रको काम भएकाले मौसमका कारण कठिनाइ भए पनि कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए । तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२/७३ बाट कामको थालनी गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि लकडाउन, मौसमलगायतका कारण केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ । खासगरी काम गर्ने समय पाँच महिना मात्र उपयुक्त हुने भएकाले काममा केही बाधा पुग्ने गरेको कम्पनीका इञ्जिनीयर शैलेन्द्र मल्लले जानकारी दिनुभयो ।
सडकको निर्माण लागत करिब रु ६५ करोड रहेको छ । सडक निर्माणको काम दुई प्याकेजमा भइरहेकोे छ । पहिलो प्याकेजको काम पूर्णरूपमा सम्पन्न भएको छ । दोस्रो प्याकेजको दुई किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।
सडक निर्माण भइरहेको स्थलको टेम्केमैयुङ गाउँपालिकाले अनुगमन गरिरहेको छ । कम्पनीको कामको गति हेर्दा काम वैशाखभित्रै सम्पन्न हुने देखिएको गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए । अध्यक्ष राईले भने, “कामको गति हेर्दा यही वैशाखभित्र सम्पन्न हुने देखिएको छ । कामलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन हामीले निर्वाह गर्ने भूमिका गरिरहेका छौँ । सडक निर्माणले पूर्णता पाएपछि यहाँका स्थानीयवासीलाई सहजता थपिने छ ।”
सडक निर्माण सम्पन्न भएपश्चात जिल्लाको विकासमा टेवा पुग्ने देखिएको छ । सडक विस्तारले गति लिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ । सडकको सहज पहुँच भएपछि पर्यटकीय क्षेत्र टेम्केडाँडा, चखेवा भञ्ज्याङलगायत स्थानमा मानिस पुग्न थालेका छन् । साथै सडकको सहज पहुँचले उत्पादित कृषि उपजलाई बजारसम्म पु¥याउनसमेत सहज भएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी प्रेम राईले भने, “सडक कालोपत्र भएपछि यहाँ अन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बढेको छ भने कृषि उपजलाई बजारसम्म पु¥याउन सहजता भएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार