महामारीबाट बच्नका लागि सचेतीकरणमा स्रष्टा
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १७:७:४७
५ वैशाख,काठमाडौं । साहित्य सन्ध्याको ४१५औँ मासिक शृङ्खलामा कोरोना महामारीबाट बच्नका लागि सचेतीकरणमा स्रष्टाहरुको भूमिका हुनुपर्ने आग्रहसहित रचना वाचन गरिएका छन् । कार्यक्रममा जनस्वास्थ्यविद् डा.रवीन्द्र समीरले नयाँ भाइरसले लक्षण नदेखिइकन निमोनियामा लाने र कुनै कोठामा सङ्क्रमित भएमा अरुलाई हावाबाट सर्न सक्ने भएकाले सचेत हुन आग्रह गरे । मानवजीवनको रक्षा साहित्यको पनि अभिष्ट भएको उनको भनाइ थियो ।
जुम प्रविधिबाट सञ्चालित कार्यक्रममा चूडा निर्भीक, डम्बर पहाडी ‘एलाक’, विधान आचार्य, धीरकुमार श्रेष्ठ, ललिता दोषी, उर्मिला पन्त पाण्डेय, सीताराम नेपाल, बन्दना पौडेल, देबु लुइँटेल, रमेश गौतम पाल्पाली, डा.सावित्री श्रेष्ठ, प्रा.डा. भीम खतिवडा, प्रशान्त खरेल, दिव्यलक्ष्मी पोखरेल, कात्यायन, कृष्णदेव रिमाल, गङ्गा कर्माचार्य पौडेल, प्रा डा जीवेन्द्रदेव गिरी र राम विनयले कविता, गजल, गीत, हाइकु वाचन गरेका थिए ।
वाचित सिर्जनामाथि टिप्पणी गर्दै समालोचक प्रा राजेन्द्र सुवेदीले शरीर स्वस्थ भए स्वस्थ भावना, विवेक र कल्पना विकसित हुने र साहित्य सिर्जनामा सहयोग मिल्ने बताए । प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष प्रा डा गिरीले कोरोना महामारीका समयमा साहित्यकारले के–कस्तो सावधानी अपनाउनुपर्दछ र कस्तो साहित्य सिर्जना गरी सन्त्रास कम गराउन र बच्न सकिन्छ भन्ने विषयमा बहस हुनु सकारात्मक भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार