बालबालिकामा हुने क्लब फुट समयमै उपचार गरे निको हुने
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १९:७:३०
५ वैशाख,चितवन । बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने (क्लब फुट) समस्या समयमै उपचार गरे निको हुने चिकित्सकले बताएका छन् । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको पार्न सकिने उनीहरुको भनाइ छ ।
विश्वको तथ्याङ्कअनुसार एक हजारमध्ये एक जनामा यो रोग देखिने गरेको भए पनि नेपालमा यसको यकिन तथ्याङ्क भने छैन । भरतपुर अस्पतालका प्रवक्ता वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौला यस्ता खालका समस्या लिएर आउने गरेका जनाउँदै आफूहरुले यस्ता बिरामीलाई अर्थोपेडिक सर्जनकामा पठाउने गरेको बताए । उनले भने, “समयमा उपचार गर्दा यो रोग निको हुन्छ ।” जन्मनुअघि नै यसको रोकथाम गर्न भने नसकिने उनको भनाइ छ ।
अस्पतालका वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रा.डा. कृष्णप्रसाद पौडेल क्लब फुट भएका बालबालिकालाई अवस्था हेरी प्लास्टरदेखि शल्यक्रियासम्म गर्नुपर्ने बताउछन् । उनले भने, “धेरै आत्तिनु पर्दैन, समयमै उपचार गर्न सके यसलाई सामान्य बनाउन सकिन्छ ।”
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरको सिटिइभिटी कार्यक्रमका सहायक प्राचार्य मुकेश मल्लिकले बालकभन्दा बालिकामा यो समस्या कम देखिने गरेको बताउछन् । बालबालिकामा यो समस्या वंशाणुगत गुण, कलिलैमा गर्भवती हुँदा र जुम्ल्याहा बच्चा जन्मँदा देखिन सक्ने उनको भनाइ छ । क्लब फुट भएका बालबालिकालाई स्प्लिन्ट (विशेष जुत्ता), पोन्सेटी (प्लास्टर) र थेरापी विधिबाट उपचार गराउन सकिने चिकित्सकको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
अमेरिकासहित चार देशका राजदूतलाई राष्ट्रपति पौडेलले गराए शपथ ग्रहण
मंसिर १६, २०८१ आइतबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार