महासंघको ‘एक पत्रकार एक ल्यापटप’ अभियान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १९:२२:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/patrakar-mahasang_HSMIS6RLV9.jpg)
५ वैशाख,गलकोट । न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ । उनीहरुका लागि क्यामेरा, ल्यापटप, कम्युटर, हार्ड डिक्स, मेमोरी कार्ड मोवाईल वाइफाई, इन्टरनेट तथा पेनड्राइभ अति आवश्य वस्तु हो । व्यवसायीक पत्रकारितासमेत गर्नेले सबै प्रविधि युक्त सामग्री खरिद गर्न सकेको अवस्था हुँदैन । अहिलेको महङ्गा क्यामेरा, ल्यापटप पत्रकारिको तलबले सायद थेग्दैन । पत्रकारिता यति प्रविधिमैत्री भइसक्यो की प्रविधिको प्रायोग नगर्दा पत्रकारितामै टिक्न नसक्ने अवस्था आइसेको अवस्था छ ।
पत्रकार महासंघको निर्वाचन सकिएपछि बागलुङ शाखाको पदभार शनिबार सम्पन्न भएको छ । पदभार ग्रहणपछि बसेको पहिलो बैठकले ‘एक पत्रकार एक ल्याप्टप अभियान’ सञ्चालन गरिने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।
“हामीले पत्रकारको हकहितका लागि मात्रै हैन, पत्रकारलाई टिकाउन, काम प्रति जागरुक ल्याउन प्रविधिको प्रयोग गर्न आवश्यक देखियो” उनले भने “सबैलाई ल्याप्टप क्यामेरा खरिदसमेत गर्न कठिन अवस्था छ, त्यसैले एक पत्रकार एक ल्यापटप अभियान सञ्चालन शुरु गरेका छौँ, केही साथीले सहयोगको प्रतिबद्धतासमेत जनाइसकेका छन् ।”
महासंघले पूर्व अध्यक्ष दिल शिरिषको नेतृत्वमा एक करोडभन्दा बढी खर्चेर आफ्नै सुविधा सम्पन्न भवन बनाइसकेको छ । कार्यालय नभएका र कार्यालयमा पुग्न नसक्ने पत्रकारलाई पत्रकार महासंघबाट समाचार लेखन, सम्पादन गर्ने व्यवस्थाका लागि आधुनिक सूचना केन्द्रसमेत महासंघमा स्थापना भइसकेको छ । अबको समयमा घरबाटै, स्थलगत रुपमै समाचार लख्नुपर्ने अवस्थामा प्रत्येक पत्रकारको हात–हातमा ल्यापटप हुन आवश्यक पर्ने भएकाले यसलाई महासंघले पहिलो प्राथमिकतामा राखेको छ । घर पछिको रहर ः सहि सूचना प्रविधि युक्त हात, हरेक पत्रकार ल्यापटका साथ अभियानको घोषणा गरिएको हो ।
महासंघले धेरैभन्दा धेरै पत्रकार उत्पादन गर्नका लागि विद्यालयमै कक्षा ९ र १० मा पत्रकारिता विषय नभए अतिरिक्त कक्षा सञ्चालनमासमेत गर्न पहल गर्दै लैजाने महासंघका सचिव विजय रानाले जानकारी दिए ।
पदस्थापन कार्यक्रममा महासंघका सधारण सदस्य तथा अधिवक्ता राम शर्माले आफ्ना मातापिता हेमकुमारी शर्मा र चन्द्रदत्त शर्माको स्मृतिमा दुई लाख ५० हजार बराबरको ‘हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्न चेक हस्तान्त्रण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
मनप्रिय मनाङ !
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविश्य छैन, दुर्घटनाउन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार