निरन्तर वर्षा भएसंगै किसानलाई राहत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १९:३५:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/barsa_ygBqVl0WTH.jpeg)
५ वैशाख,बलेवा । निरन्तरको खडेरीले आत्तिएका किसानले दुई दिनको वर्षापछि राहतको महसुस गरेका छन् । हिउँदेबाली भित्र्याएर मकै लगाउने बेलामा पानी नपरेकाले किसान निराश थिए ।
शुक्रबार र शनिबार बागलुङ आसपासका क्षेत्रमा वर्षा भएपछि किसानले राहतको सास फेरेका हुन् । पानी परेसँगै किसानले खेतबारीमा मकै लगाउन शुरु गरेका छन् । “हिजो गोरु नारियो, पानी परेपछि अब बाँझो बारी जोतिन्छ”, बागलुङको बलेवाका किसान लालप्रसाद शर्माले भने, “समयमा पानी परेको भए यतिबेला मकै उम्रिसकेका हुन्थे, ढिलै भए पनि बारीमा मकै लगाउँदैछौँ ।”
वर्षमा तीन खेती हुने बागलुङका फाँटमा यस वर्ष ढिला गरी मकै लगाइएको छ । सिँचाइको सुविधा भएका फाँटमा लगाइएको मकैसमेत लामो खडेरीका कारण बिरुवा ओइलिएका थिए । पानी परेसँगै सिँचाइ असुविधा रहेका खेतबारीमा समेत किसानलाई मकैलगायतका बाली लगाउन सहज भएको हो । चैते धान रोप्ने किसानका लागिसमेत सहज भएको किसान बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
सर्वोच्चको आदेश विपरित प्रदेश सभाको ढोकामै रोकिए गण्डकीका सांसद देवकोटा
असार १३, २०८१ बिहिबार
भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार