नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २०:३१:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/Co-Husband-Documentary1-1-e1618736448131_4Xa1bwp6WT.jpg)
५ वैशाख, काठमाडौं । ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० बैशाखदेखि १२ बैशाखसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सब नवौं संस्करण हो ।
कपनको फैकामा रहेको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा यो महोत्सब हुँदै आएको छ । यस महोत्सबमा नेपाल र अफ्रिकाको सिनेमा एवँम संस्कृतिको बारेमा एक दिने बहस हुने भएको छ । बहसमा नेपाल र अफ्रिकाबाट आएका सिनेकर्मीहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।
महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकी महादिपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्ना र आपसी साँस्कृतिक आदन प्रदानका लागि बिगत नौ वर्षबाट यो महोत्सब आफुहरुले आयोजना गर्दै आएको बताएकी छिन् । मिश्रका अनुसार यो वर्ष कोभिडले पारेको नेपाली र अफ्रिकी सिनेमा बजारको प्रभावबारे पनि कार्यशालामा बहस हुनेछ ।
अफ्रिकी मुलुकका सिनेमा निर्माण शैली र नेपाली सिनेमा निर्माण सैली, नेपाली सिनेमामा सांस्कृतिक अबस्थालगायतका विषयमा पनि बहस हुने भएको छ । महोत्सबको अन्तिम दिन १२ बैशाख विहान १०ः३० बजेबाट दिउँसो ३ बजेसम्म नेपाली र अफ्रिकन चलचित्रको बारे बहस हुने पनि अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।
गत डिसेम्बरमा हुनु पर्ने यो महोत्सब कोभिड १९ कै कारण बैशाखमा आयोजना गर्न लागिएको हो । नेपाल अफ्रिका फिल्म फेस्टिबलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सबमा नेपालबाट ७ वटा चलचित्र चयन भएका छन् । जसमा एउटा बृत्तचित्र र बाँकी लघू चलचित्र रहेका छन् ।
नेपालबाट चयन भएका चलचित्रहरुमा निर्देशक गणेश पाण्डेको को हज्बेन्ड, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजँग रावलको सम्साया, सजल लोप्चनको गाईड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाईनल फेयर वेल र युनिषराज उप्रेतीको बाटोमा रहेका छन् ।
नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्र मध्यबाट महोत्सबको चलचित्र निर्णायक समुहले जम्मा १८ वटा लामा छोटा चलचित्र चयन गरेको छ । जसमा चलचित्र, लघू चलचित्र र बृत्तचित्र छन् । महोत्सबका बाँकी चलचित्रहरु अफ्रिकी मुलुकबाट चयन भएका हुन् ।
जसमा जिम्वावेबाट गुड म्यान,थन्डिज् डायरी, इजिप्टबाट बबल्स्, ड्राई हट समर, एक्जिट र द स्पारो किड्स रहेका छन् । यस्तै निमिभिया÷ब्राजिलबाट बडी गेम्स, स्विट्जरल्यान्ड र रुवान्डाबाट इम्फुरा, तान्जानियाँ÷चिनबाट तजारा र सेनेगलबाट गोल्डेन फिस चयन भएका छन् । महोत्सबमा चलचित्र प्रदर्शन, अफ्रिकी खाना महोत्सब, अफ्रिकी पहिरन प्रदर्शन,नेपाली र अफ्रिकी साँस्कृतिक झाँकी प्रस्तुत हुने पनि बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार