रामनवमीमा माडीको अयोध्यापुरीमा राम मन्दिर स्थापना गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २१:३६:८
![](https://nepalbahas.prixacdn.net/media/albums/Ram-And-sita-Madi_YstnmaFUsD.jpg)
५ वैशाख,दमौली । रामनवमीका अवसरमा माडीको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्ने उद्देश्यले आयोजित सीताराम, लक्ष्मण र हनुमानको मूर्ति शोभायात्रालाई तनहुँको देवघाटधाममा स्वागत गरिने भएको छ । यही वैशाख ७ गते पशुपतिनाथस्थित राम मन्दिरबाट प्रारम्भ भई सोही दिन अपराह्न देवघाट आइपुग्ने रथयात्रालाई स्वागत गर्न लागिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले रथयात्रालाई स्वागतका लागि देवघाटस्थित आश्रम, धार्मिक एवं सामाजिक संघसंस्था, मठमन्दिर, गुम्बा, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्था, महिला समूह, आमा समूहलगायत सबैलाई आग्रह गरिएको जानकारी दिए । देवघाट गाउँपालिका–५ स्थित गाउँपालिकाको कार्यालय अगाडि उक्त रथयात्रालाई स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
वैशाख ८ गते बिहान गलेश्वर आश्रम, सिद्धेश्वर आश्रमबाट शोभायात्रालाई कलश यात्रासहित देवघाटधामबाट बिदाइ गर्ने कार्यक्रम तय भएको सो समितिले जनाएको छ । सोही दिन चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
मनप्रिय मनाङ !
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार