फन्डको अध्यक्षमा महतो र सीईओमा भट्टराई नियुक्त
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २२:३२:३९
५ वैशाख, काठमाडौं । गैरआवासीय नेपालीहरुको लगानीमा स्थापना हुन लागेको एनआरएन नेपाल डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो चयन भएका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अनलराज भट्टराई नियुक्त भएका छन् ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा फन्ड दर्ता भएसँगै सरकारको ५० करोड लगानी रहने सो फन्डमा दुई अर्बको प्रतिबद्धता आइसकेको एनआरएनएका अध्यक्ष कुमार पन्तले जनाएका छन् ।
कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको पनि पन्तले जानकारी दिएका छन् ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत रहेका महतोको नेतृत्वमा अगाडि बढेको नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ चैत १७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।
संसारभर छरिएर रहेका श्रमिकहरु, व्यवसायी, विभिन्न पेशामा आबद्ध पेशाकर्मी लगायतले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता
असोज १०, २०८१ बिहिबार
१८ प्रतिशतले बढेर साउन महिनामा १ खर्ब ३६ अर्ब भित्रियो रेमिट्यान्स
असोज १०, २०८१ बिहिबार
आइएमएफपछि एडीबीले भन्यो, नेपालको अर्थतन्त्र सुधारोन्मुख छ
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार