त्रिभुवन आदर्श माविमा प्रजातान्त्रिक योद्धाको सम्झनामा अक्षयकोष स्थापना
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २३:२४:२२
५ वैशाख, स्याङ्जा । नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवस पारेर स्याङ्जाको सदरमुकामको त्रिभुवन आदर्श माध्यामिक विद्यालयमा छात्रवृत्ति अक्षयकोषकोस स्थापनाको लागि रकम विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीलाई रकम हस्तारनतरण गरिएको जानकारी दिइएकाे छ ।
नेविसंघ स्याङ्जाका जिल्ला अध्यक्ष अजित क्षत्री, क्षत्रीय सभापति बिज्ञान भन्डारी, सौजन गुरुङ, सबिन रेग्मी लगायतले संकलन रकम सामुहिक हस्तान्तरण गरेका छन् । प्रजातन्त्र प्राप्तीका लागि स्याङ्जाका धेरै व्याक्तिहरुको बलिदानी योगदान रहेको छ । नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तका लागि गरेको योगदानको खासै महत्व नदिएका बेला नेपाल विद्यार्थी संघ स्याङ्जाले उनीहरुको सम्झनामा अक्षयकोष खडा गर्ने निर्णय गरेको छ ।
प्रजातन्त्र स्थापनाको लागि राणा र पन्चायत विरुद्ध कठिन संघर्ष गरेका योद्धाहरु मध्ये पहिलो चरणमा धनप्रसाद गुरुङ, बेद प्रसाद पनेरु, ठानबहादुर सिंहको स्मृतिमा छात्रवृत्ति अक्षयकोष निर्माण गर्न लागिएको नेविसंघ स्याङ्जाका अध्यक्ष अजित क्षेत्रीले जानकारी दिए ।
स्याङ्जा जिल्लाभरका योद्धाहरुको क्रमिक रुपमा अक्षयकोष खडा हुने छ अध्यक्ष क्षेत्रीले भने,‘हरेक बर्ष योद्धाहरुलाई सम्झन र उनीहरुले गरेको योगदानको स्मरण गर्दा प्रभावकारी हुनेछ ।’ नेताहरुको पनि स्मरण हुने र गरिब विद्यार्थीले छात्राबृत्ति पनि पाउने दुबै बिषयमा हितकारी देखिन्छ क्षेत्रीले भने ।
पहिलो चरण सुरुवात मात्रै गरेको बताउदै अध्यक्ष क्षेत्रीले स्याङ्जामा करिब १ सय विद्यालयमा अक्षयकोष खडा गर्ने लक्ष्य रहेको जानकारी दिए । पहिलो चरणमा आँधीखोला, फेदिखोला गाँउपालिका र पुतलीबजार नगरपालिकाका विभिन्न विद्यालयबाट शुरु गर्ने उनको भनाई छ ।
समाज रुपान्तरणमा योगदान गरेका अग्रजको सम्मान, सम्झना र गरिब जेहेन्दार र उत्कृष्ट बिद्यार्थीलाई शैक्षिक अबसरमा सहयोग मिल्ने सो अभियान सहयोग गर्न पनि नेविसंघ स्याङ्जाले अपिल गरेको छ ।
अक्षयकोषको मुल रकम संरक्षण गर्दै ब्याजबाट आएको रकम गरिब जेहन्दार बिद्यार्थीको छात्रवृत्तिका लागि प्रदान गरिने नेविसंघले जनाएको छ । जिल्लामा करिव १ सय भन्दा बढी प्रजातन्त्र प्राप्तीका लागि बलिदान दिने योद्धाहरु रहेको तथ्याङ्क रहेको छ ।
नेविसंघले यो तथ्याङ्क पनि संकलन गर्ने कार्य अगाडी बढाएको छ । एक बर्ष भित्र तथ्याङ्क र अक्षयकोष रकमको सार्वजनिक गर्ने गरी कार्य योजना अगाडी बढाएको क्षेत्रीय सभापति विज्ञान भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार