जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ सोमबार ०:५५:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/dipendra-agrawal-1_JgwJMwNZMN.jpg)
५ वैशाख, काठमाडौं । गैह्रकानुनी ढंगले शेयरबजारमा लगानी गर्दै आएको आरोपमा चर्चित शेयर खेलाडी दीपेन्द्र अग्रवाल जनरल इन्स्योरेन्सको संस्थापकबाट निलम्बित भएका छन् । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरेको स्थलगत निरीक्षणपश्चात अग्रवालको अनियमितता भेटिएपछि उनी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको छानबिनमा समेत परेका छन् ।
गत बैशाख ३, २०७८ मा पत्र संख्या २०४।०७७।७८ मार्फत बीमा समितिले विभागीय कारबाही गरी जानकारी दिन भन्दै जनरल इन्स्योरेन्स र पत्र संख्या २०३।०७७,७८ मार्फत जनरल इन्स्योरेन्सको संचालक समितिको सदस्यबाट निलम्बन गरिएको भन्दै संचालक दीपेन्द्र अग्रवाललाई पत्र पठाएको थियो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको १२/१२ बुँदे पत्रमा भनिएका छ :- मिति २०७७।१२।२२ को च.नं. ३९५८ पत्र अनुसार मिति २०७७।१२।२२ देखि मिति २०७७।१२।२३ सम्म जनरल इन्स्योरेन्समा स्थलगत निरीक्षणपश्चात विभिन्न अनियमितता पाइएको छ ।
बीमा समितिले बीमा कम्पनीले कुल टेक्निकल रिजर्भको १० प्रतिशतभन्दा कम नेप्सेमा सूचीकृत कम्पनीको साधारण शेयरमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर,जनरल इन्स्योरेन्सले १५५ प्रतिशतसम्म लगानी गरेको भेटिएको छ । समितिको स्थलगत सुपरीवेक्षणमा अग्रवालले लगानी समितिको संयोजकको हिसाबले पदको दुरुपयोग गरेर व्यक्तिगत फाइदा निकालेको निचोड निकालेको हाे ।
त्यसैगरी बीमा कम्पनीले आफ्ना प्रवर्धक कम्पनीको शेयर खरिद गर्न पाइँदैन । यसको मतलब नेपालमा कुनै कम्पनीले वा सोही कम्पनीका संस्थापकले आफ्नै कम्पनीको दोस्रो बजारमा शेयर किनबेच गर्न पाउने कानुनी प्रावधान छैन । सोही प्रावधान विपरित जनरल इन्स्योरेन्सले सिभिल बैंक तथा गोर्खाज फाइनान्सको शेयर खरिद गरेको भेटिएको छ । अग्रवालले जनरल इन्स्योरेन्सको शेयर खरिद गर्नको लागि टीएमएसको युजर नेम पासवर्ड कुनै निर्णय नै नगरेर आफै लिएको समेत छानबिनका क्रमममा देखिको छ ।
जनरल इन्स्योरेन्सका संचालक अग्रवालले हात्तिसारमा रहेकाे ब्रोकर नं. ३९ सुमेरू सेक्युरीटीज प्रा.लि. र चारखाल डिल्लिबजारमा रहेकाे ब्राेकर नं. २८ श्री कृष्ण सेक्युरीटीज प्रा.लि.बाट शेयर खरिदबिक्री गरेको भेटिएकाे थियो । शेयर बिक्री वापतको रकम भने जनरल इन्स्योरेन्सको खातामा नगएको बीमा समितिको अनुसन्धानबाट खुलेको छ । यसबाट अग्रवालले व्यक्तिगत रुपमा जनरल इन्स्योरेन्सले शेयर बिक्री गरेको पैसा व्यक्तिगत रुपमा चलाउने गरेको खुलासा भएको छ ।
यसैबीच अग्रवालमाथि इन्साइडर ट्रेडिङ गरेको विषयमा समेत धितोपत्र बोर्डमा उजुरी परेको छ । बीमा समितिको छानबिनमा समेत अग्रवालले इन्साइडर खाले ट्रेडिङ गरेको समेत देखिएको छ । बीमा समितिको दायरामा इन्साइडर ट्रेडिङ नपर्ने हुँदा समितिले थप कारवाही गर्न सक्दैन । अग्रवालले विभिन्न समाचारमाध्याममा बजारसँग सम्बन्धित रहेर अन्तर्वार्ता दिँदा असली बुल सुरु भएको र आम लगानीकर्ताले बजारमा शेयर उठाउन थाले भने खडेरी आउनेसम्मका अभिव्यक्ति दिँदै आएका थिए ।
सम्पत्ति शुद्धिकरणले थाल्यो अनुसन्धान :
समाचार स्रोतका अनुसार निलम्बनमा परेका अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले समेत छानबिन सुरु गरिसकेको छ ।अग्रवालमाथि शेयरबजारमा चलखेल गरेको, सामाजिक संजाल तथा संचार माध्यमको प्रयोग गरी बजार प्रभाव पार्ने विभिन्न किसिमका सुचनाहरु प्रवाह गरेको तथा केही व्यक्तिको कालोधनलाई सेतो बनाउन सहयोग गरेको आरोप समेत उनलाई लागेको छ ।
को हुन् अग्रवाल ?
स्थायी ठेगाना विराटनगर, मोरङ भएका दीपेन्द्र अग्रवाल, जयप्रकाश अग्रवालका छोरा हुन् । मेगा बैंकमा संचालक हुँदा समेत अग्रवाल विभिन्न किसिमका विवादमा तानिदै आएका थिए । बैंक भित्र हुने विभिन्न विवादका घटनापछि उनले मेगा बैंकको संचालक समितिको निर्वाचन हारेका थिए । शेयरबजारको लगानीकर्ताको नाममा संगठन बनाउने तथा नियामक निकाय र बैंक तथा वित्तीय संस्थामा समेत शेयरबजारका लगानीकर्ताको संगठनको नाममा बार्गेनिङ गरेको आरोप अग्रवाललाई लाग्ने गरेको छ ।
बीमा समितिले गत ३ गते विभागीय कारबाही गरी जानकारी दिने भन्दै जनरल इन्स्योरेन्स कम्पनीलाई पत्र काटेता पनि जनरल इन्स्योरेन्स कम्पनीको अफिसियल वेवसाइटमा संचालकको सुचीमा दीपेन्द्र अग्रवालको नाम र फोटो देखिएको छ ।
हेर्नुहोस् अग्रवाल र जनरल इन्स्योरेन्सलाई बीमा समितिले पठाएको पत्र :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
जेठ ३१, २०८१ बिहिबार
नेप्सेमा आज सामान्य अङ्कको वृद्धि, कारोबार ५ अर्ब ८९ करोडमाथि
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार