दिनदिनै महामारी फैलिदैछ तर सावधानी छैन, जोखिम उच्च !
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ सोमबार १:५५:३४
५ वैशाख, चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् । सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक्रम जिल्लामा नियमित भइरहेका छन् । ती कार्यक्रममा सहभागीहरुमध्ये अधिकांश मास्क लगाएको पाइँदैन ।
भरतपुर अस्पतालका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी रोग फैलिएपनि सावधानी नरहेको बताउछन । उनले भने “विगतमा मानिसमा डर धेरै थियो, अहिले रोग फैलिए पनि डर हराएका कारण सावधानी छैन ।” यही अवस्था रहे स्वास्थ्य क्षेत्रमा जटिल अवस्था आउने उनले चेतावनी दिए । उनले भने, “अवस्था जटिल हुने देखिन्छ ।” कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छौँ भनेर कतिपय ढुक्क भएको बताउँदै उनले भने, “यस्तो व्यक्तिमा पनि संक्रमण हुन सक्छ, रोग सार्न पनि सक्छन् ।”
सामान्यतया संक्रमित व्यक्तिको छ फिट वरपर बढी जोखिम हुने भए पनि एउटै हलमा पङ्खा लगाएर बस्दा यो धेरैतिर फैलिने उनले जानकारी दिए । उनले भने, “जिल्लामा अहिले पङ्खा लगाएर कार्यक्रम भइरहेका छन् । यो निकै जोखिमपूर्ण छ ।” मानिसले मुखमा नभएर हातमा मास्क बोकेर हिड्ने गरेको भन्दै उनले यस्तै अवस्था रहे आगामी दिन झ डरलाग्दो भयावह हुने बताए ।
भारतीय क्षेत्रबाट रोग छल्न यहाँ आउने लहर बढेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा जोड दिए । जिल्लामा सङ्कलन भएका नमूना बाहिर नपठाएकाले कोरोनाको परिवर्तित रुप हो वा पुरानै हो भन्ने यकिन नभएको उनको भनाइ छ । उनले अगाडि भने, “नयाँ परिवर्तित भएका कारण पनि यहाँको प्रयोगशालाले नदेखाएको हुन सक्छ ।”
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले हिँड्डुल गर्ने आधाले पनि मास्क नलगाएकाले जोखिम उच्च रहेको बताए । स्वास्थ्य निर्देशिका पालना नभएको भन्दै उनले सावधानी नअपनाउँदा भयावह हुन सक्ने चिन्ता व्यक्त गरे । उनले भने, “जिल्लामा दैनिक १० भन्दा बढीमा अहिले संक्रमण देखिएको छ । यो दिनहुँ बढ्ने अवस्थामा छ ।”
व्यक्ति स्वयंले रोगको जटिलताको बारेमा नबुझेसम्म नियन्त्रण कठिन भएको भन्दै उनले नागरिकलाई बुझाउनै नसकिएको गुनासो गरे । भीडभाड गरेर कार्यक्रम नगर्न भनिएको भए पनि पालना हुन नसकेको तिवारीको भनाइ छ । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेडेण्ट डा जगन्नाथ तिवारी बिरामी थपिने क्रम जारी रहेको बताउछन । उनका अनुसार भरतपुर अस्पतालमा मात्रै अहिले २२ जना संक्रमित रहेका छन् । अस्पतालले १० श्ययाको सघन उपचार कक्षसहित ६३ श्यया कोरोना सङ्क्रमितका लागि छुट्याएको छ । निजी दुई मेडिकल कलेजले पनि संक्रमितको उपचार गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्वास्थ्य निर्देशिका पालना गर्न जिल्लावासीलाई सूचना जारी गरेको भए पनि पालना हुन नसकेको बताए । विभिन्न क्षेत्रका सरोकारवालासँग दैनिक छलफल भइरहेको भन्दै उहाँले हालसम्म भने कडाइका साथ प्रतिबन्धहरु भने लगाई नसकिएको जानकारी दिए । बिरामी उपचारका लागि सरकारी र निजी क्षेत्रलाई तयारी गर्न लगाइएको भन्दै उनले हालसम्म उपचार गर्न कुनै समस्या नरहेको बताए । संक्रमण थप फैलिँदै गएमा गर्नुपर्ने तयारी गर्न अस्पताललाई निर्देशन दिएको उनको भनाइ छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हालसम्म सात हजार ५९ संक्रमित भएकोमा छ हजार ८१८ निको भएका छन् । हाल संक्रमितत १२७ रहेका छन् । तीमध्ये २६ जना अस्पतालमा छन् भने १०१ होम आइसोलेशनमा रहेका छन् । हालसम्म जिल्लाका ११४ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार