महाधिवेशन सार्न देउवालाई ओलीले राखेको प्रस्तावमा नेता शेखरको प्रतिवाद
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १५:५:१
६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिवार बालुवाटारमा राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई आशन्न महाधिवेशन सार्न गरेको प्रस्तावप्रति कांग्रेस नेता शेखर कोइरलाले कडा प्रतिवाद गरेका छन् ।
सोमवार विहान सामाजिक संजाल फेसबुकमा लेख्दै नेता कोइरालाले सर्वदलीय बैठकमा बिपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्यपूर्ण भएको भन्दै यसमा कसैको अमुर्त स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारेका हुन ।
“प्रधानमन्त्रीको सरकारी निवासमा भएको सर्वदलीय बैठकमा बिपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य हो । महाधिवेशन कांग्रेस पार्टीले गर्ने हो । यसमा कसैको अमुर्त स्वार्थ स्वीकार्य हुँदैन।’ कोइरालाले फेसबुकमा लेखेका छन् ।
शनिवारको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री ओलीले कांग्रेस महाधिवेशन सार्न प्रस्ताव गरेको विषय बाहिरिएपछि आशन्न महाधिवेशनमा सभापतिका आकांक्षी समेत रहेका नेता कोइरालाको यस्तो भनाइ बहिर आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार