भोलीदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने, यस्तो छ खोप तालिका
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १५:१७:२२
६ वैशाख, काठमाडौं । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई मंगलबारबाट दोस्रो डोज लगाइने भएका छन् । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभागका अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने छ । पहिलो डोज जुन कम्पनीको खोप लगाएको हो, दोस्रो डोज पनि त्यही खोप लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाइने सामाजिक विकास मन्त्रायलय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।
यस्तो छ खोप तालिका
मन्त्रालयले कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने तालिका नै सार्वजनिक गरेको छ ।
२०७७ माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ गते दोस्रो डोज दिइने छ ।
यसैगरी माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुलाई वैशाख ८ गते दोस्रो डोज दिइने छ ।
माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउने पालो वैशाख ९ गते तोकिएको छ ।
यसैगरी माघ २९ र फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुले वैशाख १० गते तथा माघ ३०, फागुन ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले दोस्रो डोज वैशाख ११ गते लगाउनु पर्ने छ ।
खोप लगाउन जाँदा खोपकार्ड र आफ्नो परिचयपत्र पनि साथमा राख्नुपर्ने मन्त्रालयले आग्रह गरेको छ ।
खोप लगाउने स्थानहरु
१.चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, रत्नपार्क
२.परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
३.शुक्रराज ट्रपिकल तथा सरुवा राग अस्पताल, टेकु
४.निजामति कर्मचारी अस्पताल, मिनभवन
५.राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर
६.नेपाल मेडिकल कलेज, अत्तरखेल
७.कठमाडौं मेडिकल कलेज, सिनामंगल
८.हिमाल अस्पताल, ज्ञानेश्वर
९.हिमाल अस्पताल, बौद्ध
१०.ह्याम्स अस्पताल, धुम्बाराही
११.त्रि.बि.बि. शिक्षण अस्पताल, महाराजगंज
१२.शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र, बाँसबारी
१३.बिरेन्द्र अस्पताल, छाउनी
१४.नेपाल शशस्त्र प्रहरी अस्पताल, बलम्बु
१५.नेपाल प्रहरी अस्पताल, पानीपोखरी
१६.आम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल
१७.क्षेत्रपाटी निशुल्क चिकित्सालय, क्षेत्रपाटी
१८.जनमैत्री अस्पताल, बालाजु
२०.मदरल्याण्ड अस्पताल, जडिबुटी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार