मानसिक तनावलाई व्यवस्थापन गर्न योग गर्दै पर्यटन व्यवसायी
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १७:१६:१३
६ चैत,पोखरा । कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन व्यवसायीले एकदिने मानसिक स्फूर्तिसम्बन्धी योग ध्यान गरेका छन् ।
पोखरा पर्यटन परिषद् र योगशालाको संयुक्त आयोजनामा बेगनास शिवालय योग रिसोर्टमा आयोजित उक्त योग शिविरमा सहभागीले मानसिक स्फूर्तिका लागि आवश्यक योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सवलगायतका विभिन्न विधि गरेर आफूलाई ताजगी गराएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । “कोभिड–१९ ले व्यवसायमा ठूलो असर पा¥यो भने यसबाट सिर्जित अवस्थाले अधिकांश व्यवसायीलाई मानसिक तनाव निम्त्याएको छ, योग ध्यानको माध्यमबाट मानसिक स्फूर्तिका लागि यो कार्यक्रम सफल भएको महसुस हामीले गरेका छौं,” भट्टराईले भने, “हर कुनै परिस्थितिसँग अघि बढ्न मनस्थिति बलियो बनाउन आवश्य छ, योग ध्यानले मानिसलाई सकारात्मक ऊर्जा प्रदान गर्ने गर्दछ ।”
पर्यटन यातायात व्यवसायी पोखराका अध्यक्ष बबरजङ्ग गुरुङले कोभिड–१९ ले व्यवसायमा देखिएको असहज परिस्थितिले निराशा थपेको जनाउँदै योग ध्यान विधिले संयम बनाएर तनावमुक्त हुने विधि सिक्न सफल भएको बताए । “अहिले व्यक्त गर्न नसकिने धेरै पीडा व्यवसायीमा छ, जसका कारण थुप्रै मानसिक तनावहरु भोग्नु परिरहेका छ, यस्तो अवस्थामा आफूलाई कसरी मानसिकरूपमा स्वस्थ राख्न सकिन्छ भन्ने कुरा योगको माध्यमबाट थाहा पाउने अवसर मिल्यो ।” उनले योग ध्यानमा सहभागी हुँदा सकारात्मक ऊर्जा र आनन्दको महसुस गरेको प्रतिक्रिया दिए ।
कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित सञ्चाालित उक्त कार्यक्रममा योग प्रशिक्षक स्वामी ध्यान सागर सुनिल श्रेष्ठले सहजीकरण गरेको संस्थाका महासचिव रामचन्द्र शर्माले जानकारी दिए । शर्माका अनुसार परिषद्सँग आबद्ध पर्यटन व्यवसायी, सञ्चारकर्मी गरी ३० जनाको सहभागिता रहेको थियो । पर्यटन व्यवसायीको मागलाई ध्यान दिँदै आगामी दिनमा पनि तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
मनप्रिय मनाङ !
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार