नेपाली नारी समाज पोर्चुगलको अध्यक्षमा शिवानी

नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १८:६:१९

६ वैशाख,पोर्चुगल । नेपाली नारी समाज पोर्चुगल तेस्रो महाअधिवेशनले सीता श्रेष्ठ ‘शिवानी’का अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचन गरेको छ । समाजका उपाध्यक्षमा प्रीतु लामा, ज्योत्स्ना अधिकारी, गीता रेउले, जानकी सुवेदी९पोर्तो०, महासचिवमा पुनम गौतम, सचिवमा कल्पना कार्की र मोनिका भुसाल, कोषाध्यक्षमा डोङ्गाल्हामु शेर्पा र सहकोषाध्यक्षमा देवी गुरुङ चयन भएका छन् ।
समाजका संस्थापक सीता बरालका संयोजकत्वमा गठित निर्वाचन समितिबाट भएको निर्वाचनमा कार्यसमितिका सदस्यमा लक्ष्मी परियार, स्मृति न्यौपाने, इन्दिरा श्रेष्ठ, अङ्किता खनाल, गङ्गा लामा, स्नेहा परियार, बबिता शर्मा, विन्दु गौतम, इन्द्रकुमारी थापा, बुद्धिमाया गुरुङ र सत्यदेवी गुरुङ चयन भएका छन् ।
तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन गर्दै पोर्चुगलका लागि अवैतानिक महावाणिज्यदूत मकर हमालले समाजले सामाजिक सेवा र महिला अधिकारको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । संस्थाका संरक्षक एवं लैङ्गिक हिंसा विशेषज्ञ डा ज्योति तुलाधरले नवनिर्वाचित समितिलाई गोपनीयता र पदको शपथ खुवाउँदै समाज स्थापनाकालदेखि महिला अधिकारका लागि उल्लेखनीय भूमिका खेलेको बताए । अधिवेशनले समाजका प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो । अधिवेशनमा पोर्चुगलमा रहेका विभिन्न नेपाली सामाजिक सङ्घसंस्थाका अध्यक्षको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार