दमकलविहीन डोटीका आठ स्थानीय तह
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १८:५५:१९
६ वैशाख,डोटी । स्थानीय तह गठन भएको वर्षौ बितिसक्दासमेत यहाँका आठ पालिकाले अहिलेसम्म बारुण यन्त्र ९दमकल० किन्न सकेका छैनन् । सात गाउँपालिका र दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको यहाँ आठ स्थानीय तहसँग दमकल छैनन् ।
यहाँका पालिकामा रहेका बजार वा कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको छ । पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो शहर तथा बजारमा पस्न थालेपछि दमकलको अभाव खड्किन थालेको स्थानीयवासी बताउँछन् । आगलागी नियन्त्रणका लागि दमकल आवश्यक हो भन्ने जाने पनि त्यसको बेवास्ता गर्दै यहाँका स्थानीय तहले अहिलेसम्म नकिनेको बडिकेदार गाउँपालिका–१ का बासिन्दा रोजबहादुर कलेलले आरोप लगाए ।
दिपायल सिलगढी नगरपालिकामा दुई दमकल भए पनि एक वर्षौदेखि प्रयोगविहीन अवस्थामा थन्कीएको छ । दुई वर्ष पहिले किनिएको एउटा दमकलले काम चलाउँदै आइएको छ । जिल्लामा रहेका नौ वटै स्थानीय तहमा यातायातको पहुँच भए पनि दिपायल सिलगढी नगरपालिका बाहेक अरु स्थानीय तहसँग दमकल छैनन् ।
अधिकांश स्थानीय तहका वडा कार्यालय तथा बस्ती भिर पाखामा भएका कारण आगलागी हुँदा दमकलको प्रयोग गर्न सम्भव नरहेकाले दमकल किन्न नसकिएको सुदूरपश्चिम गाउँपालिका महासंघ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि सबै पालिकासँग दमकल भएको भए निकै सहज हुने जोरायल गाउँपालिका–२ बुडरका बासिन्दा लोकबहादुर मल्लले बताए । जिल्लामा रहेका ३६० सामदायिक वन तथा केही सरकारी वनमा लागेको आगोले अहिले सयौँ हेक्टर जमिन तथा त्यसमा उम्रिएका जडिबुटी जलेर सखाप भएका छन् ।
वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेको डिभिजनल वन कार्यालयका प्रमुख शम्भु तिवारीको भनाइ छ । आकस्मिक रुपमा हुने आगलागी निभाउने यन्त्र नहुँदा जिल्लामा हरेक वर्ष ठूलो क्षति हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हालसम्म कार्यविधि नबनेका कारण दमकल खरिद प्रक्रिया अघि बढाउन नसकिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार